२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाधिवेशनमा सहमति नजुट्दा स्थगित भयो काँग्रेस केन्द्रीय समिति बैठक 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक आइतबारसम्मको लागि स्थगित भएको हो।

बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेका थिए । संस्थापन इतर समूहको निष्कर्ष अनुसार पुस १६ गते नियमित महाधिवेशन गर्ने प्रस्ताव गर्ने महामन्त्री थापाले अडान खड्कासँगको भेटमा राखेका थिए ।

तर, महामन्त्रीलाई काउन्टर दिन संस्थापन पक्षबाट अर्को कार्यतालिका आउने अवस्था बनेपछि बैठक आइतबारसम्मलाई स्थगित गरिएको एक नेताले बताए ।

ती नेताले भने, ‘महाधिवेशनको दुईवटा कार्यतालिका आउने अवस्था बनेपछि त्यसलाई रोक्न बैठक सारिएको छ । अब शीर्ष तहमा थप छलफल हुन्छ ।’

आज बिहान महामन्त्रीद्वयले इतर पक्षका नेता डा. शेखर कोइरालाले आफूनिकट पदाधिकारीसँग छलफल गरेर कार्यतालिका अघि बढाउने जानकारी गराएका थिए ।

तर संस्थापन पक्षले भने फागुन २१ को चुनावअघि महाधिवेशन गर्न नसक्ने भन्दै वैशाखमा गर्नुपर्ने पक्षमा छन् ।

कार्यतालिकामा सहमति नजुटेपछि महामन्त्री थापाले हिजो पनि महामन्त्री बैठक नै बहिस्कार गरेका थिए। तर, कावा सभापति खड्काले भने केन्द्रीय समितिले बहुमतको आधारमा निर्णय गर्ने जवाफ दिइसकेका छन्।

आज पनि महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका पेस गर्न नदिए सहभागी नहुने कावा सभापति खड्कालाई जानकारी गराएका थिए।