काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी हुने भएका छन् ।
दुवै जना पर्यवेक्षकको रूपमा सहभागी हुन लागेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले आज बालुवाटारमा राजनीतिक दलहरूसँग आगामी चुनावबारे छलफल गर्दैछिन् ।
आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाका चुनावको मिति तोकिएको छ ।
चुनावी सुरक्षाको विषयलाई लिएर राजनीतिक दलहरूले संशय व्यक्त गरिरहेका बेला प्रधानमन्त्री कार्कीले दलहरूसँग संवाद गर्न लागेकी हुन् ।
छलफल प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा हुनेछ ।







