२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोत मान्न सक्नुपर्दछ’-उपराष्ट्रपति यादव

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले परिवारले ज्येष्ठ सदस्यलाई हेरचाहको आवश्यकता भएको व्यक्तिका रूपमा मात्र नभई परिवारको मूल स्तम्भको रूपमा स्वीकार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले भने, “ज्येष्ठप्रति आदर, सहानुभूति र संवेदनशीलता प्रदर्शन गर्नु युवा पुस्ताको नैतिक आचरण, दायित्व र जिम्मेवारी पनि हो । नवपिँढीले आ–आफ्नो घर–परिवारमा ज्येष्ठको सहभागिता सुनिश्चित, विचार र सल्लाहलाई सम्मानपूर्वक ग्रहण, सामाजिक गतिविधिमा उहाँहरूको सक्रियता बढाउन सहयोग गर्नु र डिजिटल साक्षरतादेखि स्वास्थ्य सेवासम्मको पहुँचमा साथ दिनु आजको आवश्यकता हो ।” 

उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिक दिवस उनीहरूप्रतिको सामूहिक चेतना, दायित्व र जिम्मेवारीको स्मरण गर्ने दिन भएको उल्लेख गरेका छन् । साथै  ज्येष्ठ नागरिकको जीवनको लामो यात्राका क्रममा अँगाल्नुभएका अनुभव र गर्नुभएको त्याग, सेवा तथा समर्पणले समाजलाई दिशानिर्देशन गर्ने पनि उनको विश्वास छ । 

सन्देशमा भनिएको छ, “उहाँहरू हाम्रो सांस्कृतिक, सामाजिक र नैतिक सम्पत्तिका प्रतीक हुनुहुन्छ, उहाँहरूको योगदानको कदर गर्नु हाम्रो कर्तव्य मात्र होइन, हाम्रो सभ्यताको परिचायक पनि हो ।” 

नयाँ पिँढीले ज्येष्ठ नागरिकलाई वृद्धका रूपमा मात्र नभई अनुभव, ज्ञान र मार्गदर्शनका स्रोतको रूपमा लिन सक्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ । उनले भने,“समाजले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोत मान्न सक्नुपर्दछ । उहाँहरूको गरिमालाई अक्षुण्ण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार र सेवा प्रणालीको विकास, सामाजिक सुरक्षाको सुनिश्चितता, एकल ज्येष्ठ नागरिकहरूको लागि सामुदायिक सहारा र मानसिक स्वास्थ्य तथा आत्मसम्मानको संरक्षणमा ध्यान दिन जरुरी छ ।”