काठमाडौँ । नेपाल प्रहरी हेडक्वाटर नक्साल अगाडि रहेको पेट्रोल पम्प सञ्चालनमा आएको छ ।
जेन जेड प्रदर्शनको क्रममा बन्द रहेको पम्प सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले बताएको छ ।
आज बिहीबारबाट पम्प सञ्चालनमा ल्याइएको प्रहरीले बताएको छ । जेन जेड प्रदर्शनको क्रममा धेरै प्रहरी कार्यालयहरू तोडफोड, आगजनी भएका थिए ।
प्रहरीका कार्यालयहरूमा तोडफोड र आगजनी भएका थिए भने अहिलेसम्म ३ जना प्रहरीको ज्यान गएको बताइएको छ ।







