२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा रु. एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ ।

भन्सार विभागका अनुसार गत महिना रु. एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र रु. २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको हो । यो अवधिमा देशलाई रु. एक खर्ब १९ अर्ब १० करोड ८२ लाख बराबर व्यापार घाटा भएको छ ।

गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा आयात ११ दशमलव ४२ र निर्यात ९५ दशमलव ७५ प्रतिशतले बढेको छ । साउनमा छिमेकी मुलुक भारतसँग रु. ८३ अर्ब ५३ करोड ९९ लाख बराबरको आयात र रु. १९ अर्ब ४५ करोड २० लाख बराबरको निर्यात हुँदा मुलुकले रु. ६४ अर्ब आठ करोड ७८ लाख घाटा व्यवहारेको छ ।

चीनसँग रु. २७ अर्ब ९९ करोड ६० लाख बराबरको आयात र रु. पाँच करोड ४८ लाखको निर्यात गर्दा रु. २७ अर्ब ९४ करोड १२ लाख बराबर व्यापार घाटा भएको छ । जर्मनी, अफगानिस्तान, संयुक्त राज्य अमेरिका, रुस, बेल्जियम, नर्वेलगायत मुलुकसँग समीक्षा अवधिमा व्यापार नाफा भएको छ ।

साउनमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ । विभागका अनुसार रु पाँच अर्ब ७७ करोड १४ लाख बराबरको पेट्रोल, रु. पाँच अर्ब ८८ करोड ७७ लाखको डिजेल र रु. चार अर्ब ६६ करोड ६४ लाख बराबरको एलपी ग्यास आयात भएको छ । देशमा रु. १० अर्ब ८० करोड ९५ लाख बराबरको कच्चा सोयाबिन तेल, रु. तीन अर्ब ४१ करोड ९२ लाखको स्मार्टफोन, रु. एक अर्ब ७४ करोड ४८ लाखको मोटरसाइकल, रु. तीन अर्ब सात करोडको फलामजन्य वस्तु र रु. एक अर्ब ५२ करोड ६३ लाख बराबरको सुन आयात भएको छ ।

मुलुकबाट निर्यात भएका वस्तुमा भटमासको तेल पहिलो स्थानमा छ । साउनमा रु. १० अर्ब ६९ करोड ५८ करोड बराबरको भटमासको तेल  निर्यात भएको हो । समीक्षा अवधिमा प्लाईउड, फलफूल जुस, धागो, गलैँचा, अलैँचीलगायत उत्पादन निर्यात भएका हुन् ।