२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीप सिकेर आफैँ उद्यम गर्दै मेचीनगरका महिला

अ+ अ-

झापा । मेचीनगर नगरपालिका–३ की सरस्वती बानियाँ सिलाइसम्बन्धी ‘एड्भान्स’ तालिम लिएपछि प्रशिक्षक बनेर गाउँका अरु महिलालाई स्वरोजगार बनाउने अभियानमा छिन् । 

“रोजगारीका निम्ति कसैको मुख नताक्ने दृढ निश्चयका साथ सुरुमा नगरपालिकाबाट सिलाइकटाइ तालिम लिएँ”, हातमा सीप भएपछि आफैँ मालिक बन्न सकिने अनुभव सुनाउँदै उनी भन्छिन्, “एड्भान्स तालिम लिएपछि अरु दिदीबहिनीलाई सीप सिकाउन थालेकी छु । घरमै बसेर सिलाइसम्बन्धी व्यवसायसमेत गरेर गरिखाने भएकी छु ।”

मेचीनगर नगरपालिकाले महिलालाई आत्मनिर्भर र उद्यमी बनाउने उद्देश्यले लघु उद्यमी समूह गठन गरेको छ । समूहमा आबद्ध महिलालाई बानियाँलगायतका प्रशिक्षकले तालिम दिँदै आएका छिन् ।

लघु उद्यमी समूह मेचीनगरकी अध्यक्ष चन्द्रकला रिजालले अचार बनाउने र च्याउ फलाउनेसम्बन्धी एडभान्स तालिम लिएकी छन्। हाल उनले बिर्तामोड नगरपालिकाका महिलालाई अचार र च्याउसम्बन्धी प्रशिक्षण दिँदै आएकी छन् । “मैले पनि तालिम लिएरै सीप सिकेको हुँ”, उनले भनिन्, “अधिकांश महिलाहरू घरमा बसेर आफू बेरोजगार भएको गुनासो गर्नुहुन्छ । म उहाँहरूलाई सीप सिकेर उद्यमी बन्न आग्रह गर्छु ।” 

गरिबी निवारणका लागि मेचीनगरको लघु उद्यमी समूहमार्फत नगरपालिकाले १०८ जनालाई सीप सिकाएर उद्यमी बनाएको मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले बताइन्। तालिम पाएका १०८ जनामध्ये १०६ जना महिला छन् ।

नगरपालिकाको तालिम पाएकाहरू अधिकांश उद्यमी बनेका छन् १२ जना प्रशिक्षक भएका छन् । उहाँहरूले बिर्तामोड, कचनकबल, रोङ, दमकलगायतका पालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेकी छन् । लघु उद्यम समूहले सिलाइकटाइ, ‘ब्युटीपार्लर’, केश विन्यास एवं कर्तन झोला बनाउने, विद्युत् जडानलगायत व्यावसायिक तालिम दिँदै आएको छ । 

मेचीनगर वडा नं ७ का अध्यक्ष प्रह्लादमणि ओलीले सिलाइकटाइसम्बन्धी भर्खरै तालिम लिएका ४३ जना महिलालाई उद्यमी बनाउनका लागि ४३ वटा सिलाइ मेसिन प्रदान गरिएको बताए। मेसिन खरिदमा नगरपालिकाले ८० प्रतिशत र लाभानुग्राहीले २० प्रतिशत लागत साझेदारी गरेका हुन् । 

हालै नगरपालिकाले सीप विकास तालिमअन्तर्गत सिलाइकटाइमा १८ जना, ब्युटीपार्लरमा चार जना, सैलुनमा चार जना, झोला बनाउनेमा २७ जना, एडभान्स झोला बनाउने तालिममा ३६ जना र विद्युत् जडानमा १५ जनालाई प्रशिक्षण दिएको छ । 

एड्भान्स तालिममा सहभागी भविता रिजालले झोला बनाउने तालिम लिएको जनाउँदै त्यसबाट जीविकोपार्जनमा मद्दत पुग्नेमा आफू विश्वस्त रहेको बताउँदै भनिन्, “ झोला बनाएर कमाएको रकम छोराछोरीको खाजामा उपयोग गर्दै आएकी छु ।” उनी भन्छिन्, “अझै मिहेनत गरेर परिवारको गर्जो टार्न सक्ने आँट छ ।”

मेचीनगरका प्रमुख गोपाल बुढाथोकीले तालिम लिएका महिला उद्यमीहरूले बनाएका झोलालगायत सामान नगरका विद्यालयमा प्रयोग गर्न अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरिने बताए । उनले उत्पादित सामग्रीको बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।