२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच वर्षमा पनि सञ्चालन भएनन् आधारभूत अस्पताल

अ+ अ-

पर्वत । एक पालिका एक अस्पताल अभियानअन्तर्गत विगत पाँच वर्ष अघिदेखि जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण थालिएका कुनैपनि आधारभूत अस्पताल हालसम्म सञ्चालनमा आउन सकेका छैनन् । 

ग्रामीण नागरिकलाई सर्वसुलभ स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएका ती अस्पताल सञ्चालनमा ल्याउन नसकिएको हो । जिल्लाका सात स्थानीय तहमध्ये कुश्मा र जलजला गाउँपालिकामा भवन निर्माण सम्पन्न भए पनि सञ्चालन हुन सकेको छैन । अन्य स्थानीय तहमा अस्पताल निर्माण सम्पन्न भएको छैन । 

मोदी गाउँपालिका–५ स्थित बाजुङ पोखरेमा १५ शय्याको आधारभूत अस्पताल शिलान्यास गरिएको पाँच वर्ष बित्दासमेत जग्गा प्राप्तिको प्रक्रिया पूरा हुन सकेको छैन । वडा नं ५ का वडाध्यक्ष मानबहादुर अधिकारीले जनताको माग अनुसार गाउँपालिका आफैँले गत वर्ष भवन भाडामा लिई आधारभूत अस्पताल सञ्चालन गर्ने योजना बनाएको बताए। 

कुश्मा नगरपालिका–१२ ठूली पोखरीमा करिब रु पाँच करोडमा १० शय्याको आधारभूत अस्पताल भवन गत वर्ष निर्माण भए पनि स्रोतसाधनको अभावमा सञ्चालन गर्न नसकिएको सो वडाका वडाध्यक्ष झलक रिमालको गुनासो छ । जलजला गाउँपालिकाका सूचना अधिकारी भेषराज आचार्यका अनुसार वडा नं ३ मल्लाजमा करिब रु १० करोडमा निर्माणाधीन आधारभूत अस्पतालको भवन निर्माण सम्पन्न भए पनि सञ्चालन गर्न सकिएको छैन । 

त्यसैगरी फलेवास नगरपालिका– ६ देविस्थानमा अस्पताल निर्माणका लागि पाँच रोपनी बढी जग्गा व्यवस्था गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट रु एक करोड ७० लाख प्राप्त भई भवन निर्माण थाले पनि सम्पन्न भएको छैन । 

महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा १५ शय्या बराबरको आधारभूत अस्पताल भवन निर्माण गर्न भनी ठेकेदारसँग रु १३ करोड ४१ लाखमा बोलपत्र भई विसं २०७८ मा सम्झौता भएको थियो । गाउँपालिकाका सूचना अधिकारी नरबहादुर बरालका अनुसार भवन निर्माण करिब २० प्रतिशत मात्र भएको छ ।

पैयुँ गाउँपालिका–४ हुवासमा रु १० करोडमा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल पटक पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । 

त्यसैगरी विहादी गाउँपालिकामा आधारभूत अस्पताल निर्माण हुन नसकेको प्रशासकीय अधिकृत यमनबहादुर रेग्मीले जानकारी दिए। संघीय सरकारको सहयोगमा यसअघि वडा नं २ बर्राचौरमा निर्माण थालिएको १० शय्याको बिहादी अस्पताल सात वर्षदेखि अलपत्र छ ।