२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्य व्यवस्था समितिको सभापति चयन गर्न सभामुखको ताकेता

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि ताकेता गरेका छन् ।

प्रतिनिधिसभा बैठक बस्नुअघि संसद् भवन परिसरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले राज्य व्यवस्था समितिको सभापति चयनबारे चासो राखेका हुन् ।

कुनै पनि संसदीय दलको सभापति पद रिक्त भएको १५ दिनभित्र पदपूर्ति गर्नुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ ।

सोही अनुसार, १५ दिनभित्र सभापति चयन गर्ने गरी वातावरण मिलाउन सभामुख घिमिरेले दलहरूलाई आग्रह गरेका हुन् ।

बैठक स्रोतका अनुसार, दल प्रमुख सचेत, सचेतकहरूले भने कुनै जवाफ दिएका छैनन् । दलमा छलफल गरेर सभापति नियुक्ति प्रक्रिया अघि बढाउने तयारीमा सत्तारुढ दलहरू छन् ।

संघीय निजामती विधेयकको कुलिङ अफ पिरियडमा देखिएको गडबडीमाथि प्रश्न उठेपछि समिति सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए ।

काँग्रेसको भागमा रहेको यो समितिको सभापतिमा नेकपा एमालेले पनि पछिल्लो समय चाहना राखेको नेताहरूले बताएका छन्।