२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीलबाराही क्षेत्र संरक्षण तत्काल थालिँदै

अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले वडा-९ स्थित नीलबाराही मन्दिर क्षेत्रको संरक्षण एवं मर्मतसम्भार मध्यपुरथिमि नगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा गर्ने भएका छन् ।

नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आज राससलाई यसबारे जानकारी दिँदै मन्दिरको पूर्व र पश्चिमतर्फ भूक्षय नियन्त्रणका लागि गुरुयोजना पारित गरिएको छ भने रु. २० करोड विनियोजन भएको बताए । तत्काल काम थालिने जानकारी पनि उनले दिए ।

नगरप्रमुख श्रेष्ठले भने, “आगामी दुई वर्षभित्रमा यो परियोजना सम्पन्न गर्नेछौँ । त्यसपछि नीलबाराही क्षेत्रलाई आकर्षक पर्यटकीय स्थलका रूपमा विकास हुनेछ । नीलबाराहीको ५०० रोपनीको सीमांकन गर्नेछौँ ।”

नगरपालिकाले उक्त परियोजनाबारे मंगलवार सर्वसाधारणलाई जानकारी दिँदै नक्सासहितको ‘डिजाइन’ सार्वजनिक गरेको थियो । त्यस अवसरमा नीलबाराही संरक्षणका अभियन्तासँग सहकार्य गरिने जानकारी दिइएको थियो । पहिरोको जोखिममा रहेको नीलबाराही मन्दिर क्षेत्रको संरक्षणका निम्ति स्थानीयले अभियान सञ्चालन गरेका थिए ।