२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाबाट ‘सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । प्रस्तावमाथि सदस्यहरूले उठाएका सवालको जवाफ दिँदै उनले विधेयकमा दुई अर्थ लाग्ने शब्द र वाक्यको प्रयोग नगरिएको, त्यस्तो पाइएमा संशोधन गरिने प्रतिबद्धता जनाए। 

 मन्त्री गुरुङले संसारभर साइबर अपराध चुनौतीका रूपमा देखापरेकाले यसलाई समाधान गरिनुपर्ने बताए। अनलाइन सञ्चारमाध्यम धेरै भएकाले त्यसलाई नियमन गर्न मिडिया काउन्सिल विधेयक ल्याइएको भन्दै उनले धार्मिक सद्भाव कायम राख्न पनि यस्ता विधेयकले नियमन गर्नुपर्ने धारणा राखे ।

मन्त्री गुरुङले नयाँ खालको विधेयक भएकाले कसरी यसलाई व्यवस्थित गर्ने भन्ने विषयमा निष्कर्षमा पुगेर अघि बढाउनुपर्ने बताए । 

राष्ट्रियसभा सदस्यहरूले सामाजिक सञ्जाललाई नियन्त्रण नभइ नियमन गरिनुपर्नेमा जोड दिएका थिए । सदस्य अञ्जान शाक्यले विभिन्न देशमा सामाजिक सञ्जाललाई नियमनका लागि गरिएका व्यवस्थाबारे जानकारी गराउँदै नेपालमा पनि बढ्दै गएका विकृति रोक्न विधेयकले सहयोग गर्ने विश्वास व्यक्त गरिन् । विधेयक नियन्त्रणमुखी नभइ नियमनमुखी हुनुपर्ने उनको जोड थियो । 

सदस्य घनश्याम रिजालले विधेयकका कतिपय प्रावधान नियमनमुखी नभइ नियन्त्रणमुखी भएकाले संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको विचार तथा अभिव्यक्तिको स्वतन्त्रतालाई नियन्त्रण गर्ने काम स्वीकार्य नहुने बताए । सदस्य सुरेशकुमार आलेमगरले नियमन आवश्यक भए पनि नियन्त्रण गर्न खोजिनु स्वीकार्य नहुने बताए ।

सदस्य किरणबाबु श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने किसिमका विषय पनि विधेयकमा भएकाले यसलाई सुधार गरिनुपर्ने बताए। सदस्य डा वेदुराम भुसालले विधेयकमा उद्देश्य अनुसारका विषय नराखी नियन्त्रणमुखी बनाइनु दुःखद भएको बताए ।  ऐनसँग बाझिने गरी प्रत्यायोजन व्यवस्था गरिएको उनले सुनाए। 

सदस्य तारामान स्वारले यस विधेयकले अरु कानुनको अवहेलना गरेकाले त्यस्ता प्रावधान परिमार्जन गरिनुपर्ने बताए। सदस्य गोपाल भट्टराईले विधेयक अभिव्यक्ति स्वतन्त्रतामा असर गर्ने केही विषय परिमार्जन गरिनुपर्ने बताए। 

 सदस्य नारायणदत्त मिश्रले विधेयकमा सजायको व्यवस्था तीन तहमा राखिनुपर्ने बताए । सामाजिक सञ्जाल चलाउँदा आधिकारिक परिचयपत्र राखेर चलाउने व्यवस्था गर्दा नक्कली सामाजिक सञ्जाल कम हुने धारणा राखे । 

सदस्य गङ्गाकुमारी बेल्वासेले हतारमै नियन्त्रण गर्न खोज्नुभन्दा शिक्षा र जनचेतनाका माध्यमबाट नियमन गरिनुपर्ने भनाइ राखिन्। सदस्य मदनकुमारी शाह (गरिमा)ले मिलापत्रको व्यवस्था नगरिएकाले यसमा व्यापक बहस आवश्यक रहेको बताइन् । सदस्य तुलसाकुमारी दाहालले विधेयक ल्याउन हुन्न भन्ने अवस्थाबाट सुधार भई सदनसम्म आएकाले परिमार्जन गरेर अघि बढ्नुपर्ने बताइन्। सदस्य युवराज शर्माले संविधानप्रदत्त हक रोक्ने गरी कानुन बनाउन नहुने बताए । 

 सदस्य कृष्णप्रसाद अधिकारीले प्रयोगकर्ताको अधिकार सुरक्षित गर्नेभन्दा राज्यलाई नियन्त्रणमुखी बनाउन खोजेको, द्विअर्थी भाषाको प्रयोग भएकाले यसलाई परिमार्जन गरिनुपर्नेमा जोड दिए।

सदस्यहरू सुमित्रा विसी, विष्णुबहादुर विश्वकर्मालगायतले सामाजिक सञ्जाललाई नियन्त्रण नभइ नियमन गरिनुपर्नेमा जोड दिएका थिए । 

सभाअध्यक्ष नारायण दाहालले विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सदस्यले विधेयक शाखामार्फत दर्ता गर्न सक्ने जानकारी गराएका थिए । 

राष्ट्रिय सभाको अर्को बैठक भदौ ६ गत शुक्रबार १२:१५ बजे बस्नेछ ।