२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्सामा ४८ लाख ९१ हजार मूल्य बराबरका सामान बरामद

अ+ अ-

पर्सा । सशस्त्र प्रहरी बल नेपाल पर्साले रु. ४८ लाख ९१ हजार २७५ रकम पर्ने ब्रेजा गाडीसहित भन्सार छलीका सामान बरामद गरेको छ । 

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका-९ घण्टाघरचोकबाट रक्सौलतर्फ जाँदै गरेको बिआर०१एफई ७१९९ नंको सुजकी भिटारा ब्रेजा गाडीमा आवश्यक कागजात नभेटिएपछि वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ । 

सशस्त्र प्रहरीका अनुसार सो गाडीको मूल्य अनुमानित ३० लाख रहेको छ । सशस्त्र प्रहरी बल नेपालका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्णसिंह पुजाराले आज नै सशस्त्र प्रहरीले विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याइएको अवस्थामा रु. १५ लाख ६९ हजार मूल्य बराबरको कपडा, बटर तथा सवारीसाधनको ‘इन्जिन’का ‘स्पेयर पार्टस’ नियन्त्रणमा लिएको जानकारी दिए । 

यस्तै गरी, सशस्त्र प्रहरीले वीरगञ्ज–१६ स्थित विभिन्न नाकाबाट भन्सार छली गरेर ल्याउँदै गरेको रु. एक लाख ७० हजार ८८५ मूल्य पर्ने विभिन्न समान तथा मदिरासमेत नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ । 

प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगञ्ज महानगर–१९ वर्वाबाट भन्सार छलीका रु. ८७ हजार ४२० मूल्य पर्ने सामान बरामद गरेको जनाएको छ । यस्तै, छपकैयाबाट पनि भन्सार छलीका रु. ६३ हजार ९७० मूल्य पर्ने कपडा र किराना सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।