२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री पाण्डेको दाबी : ‘गण्डकी स्वास्थ्य हब बन्ने चरणमा छ’

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आफ्नो प्रदेश स्वास्थ्यको हब बन्ने चरणमा रहेको दाबी गरेका छन् ।

गोरखामा निजी स्तरबाट निर्माण भएको अत्याधुनिक सुविधा सम्पन्न एनपीआइ गोरखा अस्पतालको सेवा शुभारम्भ गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले गोरखामै सय शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भएपछि चितवन, पोखरा र काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य भएको जिकिर गरेका छन् ।

ठूलो लगानीमा पहाडी जिल्लामा अस्पताल सञ्चालन गरेको भन्दै चितवन र गोरखाका व्यवसायीलाई धन्यवाद दिँदै उनले निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए ।

साथै, उनले मुख्यमन्त्री पाण्डेले स्वास्थ्य सेवा सबै जनताको पहुँचमा पुग्नुपर्ने पनि जिकिर गरे ।

चितवन र गोरखाका व्यवसायीहरू मिलेर ५५ करोडको लागतमा एनपीआई गोरखा अस्पताल निर्माण गरेका हुन् ।

२०७७ साल माघ ५ गतेबाट निर्माण शुरु गरेको अस्पताल गतवर्ष नै निर्माण सम्पन्न भए पनि भवन पास ९निर्माण सम्पन्नताको प्रमाणपत्र० प्राप्त हुन समय लागेका कारण सञ्चालनमा ढिलाइ भएको थियो ।

९ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा बहिरंग र अन्तरंगका साथै छुट्टाछुट्टै क्याबिन समेत निर्माण गरिएको छ ।

जिल्लामा नै पहिलो पटक अस्पतालले सिटी स्क्यान मेशिन जडान गरेको जनाएको छ । अस्पतालले सुरुमा विशेषज्ञ चिकित्सकहरू सहित फिजिसियन, हाडजोर्नी, बालरोग, स्त्री, सर्जन, रेडियोलोजिष्ट र एनेथेसियोलोजिष्ट सेवा दिने अस्पतालका प्रबन्ध निर्देशक पुष्पराज धितालले जानकारी दिए ।

उनकाअनुसार अस्पताल आउने बिरामीले नाक, कान, घाँटी छाला रोग र नशा तथा मानसिक रोगका चिकित्सक सेवा समेत पाउनेछन् ।