२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यथाशीघ्र दलितसम्बन्धी एकीकृत कानुन बनाउन आग्रह

अ+ अ-

काठमाडौँ । दलित नागरिक आन्दोलनका अगुवा एवं राजनीतिक दलका नेताहरूले संविधानको धारा ४० (दलितको हक) को व्यवस्था कार्यान्वयनका लागि यथाशीघ्र दलितसम्बन्धी एकीकृत कानुन बनाउन आग्रह गरेका छन् ।

दलित महिला संघ (फेडो) ले आज आयोजना गरेको कार्यक्रममा उनीहरूले संविधान जारी भएको तीन वर्षभित्रमा मौलिक हकअन्तर्गतका व्यवस्था कार्यान्वयनका लागि कानुन बनाउनुपर्ने भनिए पनि दश वर्षसम्म पनि दलितसम्बन्धी कानुन बन्न नसकेको भन्दै आपत्ति जनाए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री मीन विश्वकर्माले दलितसम्बन्धी एकीकृत कानुनको मस्यौदा तयारीका निम्ति विभिन्न राजनीतिक दलमा आबद्ध दलित नेता, सांसद, दलित नागरिक समाज र विज्ञहरूबीच पर्याप्त छलफल हुनुपर्ने बताए ।

प्रतिनिधि सभा सदस्य तथा पूर्व राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले एकीकृत कानुन निर्माणका लागि सबै राजनीतिक दलको सहयोग आवश्यक रहेको भन्दै त्यसरी बन्ने कानुनमा दलित महिलाका सवाललाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का उपाध्यक्ष दुर्गा सोबले संविधानको धारा ४० मा भएका सबै व्यवस्था कार्यान्वयनका लागि एकीकृत कानुन बन्नुपर्नेमा दश वर्षसम्म पनि त्यसमा ध्यान नदिनु आपत्तिजनक विषय भएको बताइन् । उनले सदियौँदेखि हरेक दृष्टिले उत्पीडनमा रहेका दलितको उत्थानका लागि राजनीतिक दलहरू गम्भीर हुन नसकेको भन्दै अब दलितसम्बन्धी एकीकृत कानुन निर्माणमा विलम्ब गर्न नहुने बताइन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य गणेन्द्र बराइली र हर्कमाया विश्वकर्मा, राष्ट्रियसभा सदस्य पदम परियार र फेडोका महासचिव रेणु सिजापतिलगायतले दलितसम्बन्धी कानुन निर्माण गर्दा दलित समुदायभित्रका महिला र मधेसी दलितलगायतका सवाल सम्बोधन गरिनुपर्ने धारणा राखे ।