काठमाडौँ । रसुवामा बस दुर्घटना हुँदा २ महिने शिशुसहित २१ जना घाइते भएका छन् ।
बिहीबार दिउँसो सवा २ बजे रसुवा उत्तरगया गाउँपालिका वडा नं.-०५ लहरेपौवास्थित पासाङल्हामु राजमार्ग अन्तर्गत धुन्चे-त्रिशुली सडक खण्डमा गत्लाङबाट काठमाडौँ तर्फ आउँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
बा ४ ख ८४३५ नम्बरको यात्रुवाहक बसले बेत्रावतीबाट नम्बर नखुलेको अटोलाई साइड दिने क्रममा सडकबाट ४० मिटर तल खस्न गई पल्टिँदा सो बसमा सवार २१ जना घाइते भएका थिए । घाइतेहरूलाई सुरक्षाकर्मी तथा स्थानीयबासीहरुले उद्धार गरी उपचारको लागी त्रिशूली अस्पताल नुवाकोट पठाइएको थियो ।
घाइते २१ जनामध्ये ४ जनालाई उपचारको लागि काठमाडौं ल्याएको छ भने १७ जनाको त्रिशूलीमा उपचार भइरहेको छ ।







