२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण कोरियामा रोजगारीमा वृद्धि : जुलाईमा एक लाख ७१ हजारले रोजगारी पाए

अ+ अ-

एएफपी । दक्षिण कोरियामा वृद्ध व्यक्तिहरूका लागि रोजगारीको अवसर वृद्धि भएसँगै, सात महिनासम्म लगातार रोजगारीको दरमा वृद्धि देखिएको छ । दक्षिण कोरियाको तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, जुलाई महिनामा १५ वर्ष वा सोभन्दा माथिका एक लाख ७१ हजार व्यक्तिले रोजगारी पाएका छन्, जसले गर्दा कुल रोजगारी प्राप्त गर्नेको संख्या दुई करोड ९० लाख २९ हजार पुगेको छ । यो गत वर्षको सोही महिनाको तुलनामा ०.६ प्रतिशतले बढी हो ।

यद्यपि, जून महिनाको तुलनामा  यो वृद्धिदर केही सुस्त भएको देखिन्छ । जुलाइ महिनाको रोजगारी वृद्धिमा मुख्य योगदान ६० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूको थियो, जसमा तीन लाख ४२ हजारको वृद्धि भएको थियो । त्यस्तै, ३० वर्ष उमेर समूहमा ९३ हजारले रोजगारी पाएका छन् । तर, १५–२९ वर्ष उमेर समूहमा एक लाख ५८ हजारले रोजगारी गुमाएका छन् र ४० तथा ५० दशकका व्यक्तिहरूमा क्रमशः ५६ हजार र ४९ हजारले रोजगारी गुमाएका छन् ।

उद्योग क्षेत्रमा कार्यरतको संख्या ७८ हजारले घटेको छ, जुन १३ महिनादेखिको लगातार गिरावट हो । यस अवस्थाको मुख्य कारण घरेलु बजारको मन्दी र अमेरिकाले गरेको आय शुल्कले परेको नकारात्मक प्रभाव मानिएको छ ।

निर्माण क्षेत्रमा ९२ हजार रोजगारी गुमेका छन्, जसले गर्दा लगातार १५ महिनादेखि यस क्षेत्रमा गिरावट भइरहेको छ । त्यसैगरी, स्वास्थ्य तथा सामाजिक सेवा क्षेत्रमा दुई लाख ६३ हजार, विज्ञान तथा प्रविधि क्षेत्रमा ९१ हजार र वित्त तथा बीमा क्षेत्रमा ३८ हजार रोजगारीको वृद्धि भएको छ ।

स्व–रोजगार गर्ने व्यक्तिहरूमा, कामदार राखेर काम गर्नेको संख्या २५ हजारले घटेको छ भने, कामदार नराखी व्यवसाय गर्नेको संख्या ४१ हजारले घटेको छ ।

१५ वर्ष वा सोभन्दा माथिको रोजगारी दर ०.१ प्रतिशतले बढेर ६३.४ प्रतिशत पुगेको छ भने, ओईसीडी पद्धतिअनुसार १५–६४ उमेर समूहको रोजगारी दर ०.४ प्रतिशतले बढेर ७०.२ प्रतिशत भएको छ ।

जुलाई महिनामा बेरोजगारको संख्या ११ हजारले घटेर सात लाख २६ हजारमा झरेको छ । यसअनुसार बेरोजगारी दर ०।१ प्रतिशतले घटेर २।४ प्रतिशत पुगेको छ ।

आर्थिक रूपमा सक्रिय नभएको जनसंख्या (जसले रोजगारी खोज्ने इच्छा नै देखाएका छैनन्‌) आठ हजारले बढेर एक करोड ६० लाख चार हजार पुगेको छ ।

रोजगारी खोज्ने आशा गुमाएका निरुत्साहित व्यक्तिहरू १५ हजारले बढेर तीन लाख ९६ हजार पुगेका छन् ।