काठमाडौँ । बझाङमा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बित्थडचिर गाउँपालिका-१, पैरामा बिहान करिब ९ बजे उक्त स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
वर्षासँगै सडकमाथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि अहिले सवारी सधानहरू रोकिएको छ ।







