२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्नपूर्णको काखमा स्वर्गीय यात्रा

अ+ अ-

मनमा उमङ्ग लिएर अन्नपूर्णको आधार शिविरतर्फ पाइला चाल्दै जाँदा, शहरको कोलाहल र धूवाँ धुलोबाट टाढा, प्रकृतिले आफ्नो अनुपम कला प्रदर्शन गरिरहेको थियो । बाटोको हरेक मोडमा एउटा नयाँ चित्र, एउटा नयाँ कविता कोरिएको थियो । चित्रमय दृश्य हेर्दै हिँड्नुको असीमित आनन्द मिल्थ्यो ।

शहरको भागदौड र कोलाहलबाट टाढा, धुवाँ–धूलोले छोपिएका सडकहरूबाट धेरै पर, मनमा एउटा उमङ्ग बोकेर मैले अन्नपूर्णको आधार शिविरतर्फ पाइला चालेँ । यो यात्रा केवल शारीरिक दूरी पार गर्नु मात्र थिएन, यो त आफ्नै मनभित्रको शान्ति र प्रकृतिको अनुपम सौन्दर्यसँग एकाकार हुने एउटा गहिरो अनुभव थियो ।

बाटोका हरेक मोडमा आँखाले नअघाउने दृश्यहरू, मनलाई लोभ्याउने हरियालीले मलाई स्वागत गर्थ्यो । अग्ला पहाडहरूले आकाशलाई छोएझैँ लाग्थ्यो । ती पहाडका छातीमा कोल्टो परेर सुतेका मनमोहक गाउँहरूले जीवनको साँचो अर्थ बुझाइरहेका थिए । त्यहाँबाट बिहान ओछ्यानबाटै सुनले पोतिएका हिमाल चुली देखिन्थे ।

शहरमा कानमा ठोकिएका गाडीका आवाजहरू यहाँ आएर झ्याउँकिरीको सुमधुर संगीतमा परिणत भएका थिए । कहिले कोइलीको मधुर स्वरले मनलाई छुन्थ्यो । कहिले ढुकुरको आवाजले एक प्रकारको शान्ति दिन्थ्यो । यी आवाजहरूमा कुनै कर्कशपन थिएन । बरु एउटा अनौठो गुञ्जन थियो, जुन सिधै हृदयमा पुगेर बस्थ्यो । र, त्यसले थकाइलाई बिर्साउँदै नयाँ गन्तव्यतिर पाइला हिँडाउँथ्यो । प्रत्येक पाइलामा विश्रामको खाँचो थिएन । अगाडिको नयाँ दृश्यले लोभ्याउँदै, डोर्‍याउँदै लैजान्थ्यो ।

यस्तो स्वर्गीय ठाउँमा, मानिसहरूको जीवन पनि प्रकृतिको जस्तै सरल र शान्त देखिन्थ्यो । उनीहरूका अनुहारमा कुनै बनावटी मुस्कान थिएन । बरु हार्दिकता र आत्मीयताको भावना झल्किन्थ्यो । एकार्कासँगको कुराकानीमा मिठास थियो । व्यवहारमा सरलता थियो । शहरमा भेट्न मुस्किल हुने यस्तो नि:स्वार्थ प्रेम र सद्भावले मनलाई असीम आनन्द दियो । उनीहरूको जीवनशैलीले बताउँथ्यो कि सुख र शान्ति पाउन धेरै भौतिक वस्तुको आवश्यकता पर्दैन । बरु प्रकृतिसँगको नजिकको सम्बन्ध नै काफी हुँदो रहेछ ।

यो यात्राले मलाई यस्तो स्वर्गको अनुभव गर्न धैर्य र साहस चाहिने कुरा सिकायो । उकालो र ओरालोको कठिन बाटोमा पाइला चाल्न सक्ने इच्छाशक्ति चाहिन्छ । तर एक पटक त्यो साहस जुटाइसकेपछि, यसले दिने आनन्द र शान्ति अतुलनीय हुन्छ ।

अन्नपूर्णको आधार शिविरको यो यात्रा मेरो लागि केवल एउटा घुमफिर मात्र रहेन, यो त एउटा आत्म–खोजको यात्रा बन्यो । प्रकृतिको विशालता, मानिसको सरलता र जीवनको साँचो सुन्दरतालाई नजिकबाट नियाल्ने मौका मिल्यो । अब मलाई लाग्छ, जीवनको सबैभन्दा ठूलो सुख यही हो– प्रकृतिसँग एकाकार भएर बाँच्नु । मेरो यात्राको सफलता पनि वास्तवमा यत्ति नै र यही नै थियो ।

अनेक किसिमका किराहरूको एकोहोरो आवाज, कतै हावा, कतै रुखका हाँगा सर्सराएको आवाजमा बेग्लै मिठास महसुस हुन्थ्यो । आँखा अगाडि अनेकौँ किसिमका फूलहरूको उपस्थिति देखिन्थ्यो । कुनै भर्खरै फुल्दै गरेका, कुनै पूर्ण यौवनमा आफ्ना रङ र रूप प्रदर्शन गर्न तछाडमछाड गरिरहेझैँ देखिन्थे । कुनै जीवनको चक्र पूरा गरी ओइलिएर भुईँमा झरेका थिए । यो दृश्य जीवनको शाश्वत सत्यजस्तै लाग्थ्यो– जन्म, यौवन र मृत्यु ।

फूलबारीभन्दा केही पर बाक्लो घाँसे मैदान थियो, जहाँ घाँसका हरिया बिरुवाहरू जवानीको जोसमा लहलह झुमिरहेका थिए । छेवैमा बगिरहेको सानो खोल्सोको पानीले तिनीहरूलाई सिँचाइ मात्रै दिएको थिएन, कुलकुल गर्दै आफ्नै धुनमा एक मधुर सङ्गीत पनि गुन्जाइरहेको थियो । त्यो संगीतमा ताल मिलाउँदै मौरी र भमराहरू फूलको रस चुस्न भुनभुन गर्दै उडिरहेका थिए । निलो आकाशमुनि चराचुरुङ्गीहरूको चिरबिरले वातावरणलाई झनै शान्त र मनमोहक बनाएको थियो ।

बाटै छेउमा लालीगुराँसका बोटमा गुराँसका फूलहरूको सुन्दरता मनै लोभ्याउने थियो । अलिक टाढा हेर्दा लेकाली धूपी, देवदार र सल्लोका हरिया रुखहरू लामबद्ध भएर ठिङ्ग उभिएका थिए, जसले यस प्राकृतिक सौन्दर्यलाई पूर्णता दिइरहेका थिए । तिनमा झुुत्तिखेलिरहेका लतालहरा, जरा र सुनाखरीको सौन्दर्य हेरिरहूँझैँ लाग्थ्यो । कतै रुखका हाँगाहरूलाई छल्दै स्वाट्ट आउने हावाको हल्का स्पर्शले फूलका कलिला हाँगा र तिनमा फुलिरहेका फूलहरू मुसुक्क मुस्कुराउँदै नाचेको देख्दा मन प्रफुल्लित हुन्थ्यो । बाटो हिँड्ने बटुवाहरू यस्तो दृश्य देख्दा टक्क रोकिन्थे र प्रकृतिको यो लीलामा आफूलाई बिर्सिन्थे । उनीहरू केही छिन त्यहीँ हराउँथे ।

पारिपट्टि झरनाको वेग एकनासले झरिरहेको थियो । त्यसले गर्मीको तेजिलो घामलाई शीतल बनाउने प्रयास गरिरहेको जस्तो लाग्थ्यो । रुखका हाँगाहरूलाई पन्छाएर घामका तेजिला किरणहरू फूलको सौन्दर्य देख्न मरिहत्ते गरिरहेका थिए । घना जङ्गलभित्रको अँध्यारो पाटोमा घामका किरणहरू अनौठो रङ–विन्यासमा फैलिरहेका देखिन्थे, जसले एउटा जादुमय संसारको सिर्जना गरिरहेको हुन्थ्यो ।

यो स्थान केवल एक ठाउँ मात्र थिएन । यो जीवनको रङ र प्रकृतिको सौन्दर्य एकापसमा समाहित भएर प्रकट भएको एउटा दिव्य स्थान थियो । यस्तो प्राकृतिक सौन्दर्य आफैँमा ऊर्जाको भण्डार हो, जसले जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्ने अवसर दिन्छ । यो शहरको भिडभाड र कृत्रिमपनबाट टाढा, हिँडाइको लामो यात्रा र थकाइपछि पाइने एक स्वर्गको टुक्रा थियो ।

जब यात्रीहरू अनेकौँ जँघारहरू छिचोलेर र मुस्किलले पाइला चाल्दै यो ठाउँमा पुग्थे, उनीहरूले महसुस गर्थे कि यो पृथ्वीमा स्वर्गको एक दिव्य स्थान हो । यहाँ मनलाई शान्त पार्ने दृश्यहरू आँखाभरि भरिन्थे । भावनाका भेलहरू मनभरि उर्लिन्थे । हिँडाइका सारा पीडालाई बिर्साएर मनलाई आनन्दित बनाउँथे ।

यति मनोहर दृश्य देखेपछि मन यति भावुक हुन्थ्यो कि शब्दहरू मौन रहन्थे । किनभने प्रकृतिको यो अद्वितीय सौन्दर्यलाई बयान गर्न शब्दहरू पर्याप्त थिएनन् । चुपचाप आँखाहरू सौन्दर्यमा विलीन हुन्थे । मन आनन्दले विभोर हुन्थ्यो ।

अन्नपूर्णको काखमा बसेको यो स्वर्गीय स्थानले हर यात्रीको मनलाई सधैँभरि एक अविस्मरणीय छाप छोड्छ । यहाँबाट अन्नपूर्ण आधार शिविर पुग्न अझै कस्सिएर हिँड्दा साँझमा मात्रै पुग्न सकिने जानकारी भयो । अन्नपूर्णको काखमा पुगिहाल्ने झन् उत्सुकताले मन चञ्चल भइरह्यो । थाकेर लखतरान हुँदासमेत हिँड्ने साहस बढिरह्यो । अन्नपूर्णको काखमा मात्रै बिसाउन पुग्ने यो यौटा स्वर्गीय यात्रा थियो ।