जनकपुरधाम । वकिलहरूले नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बनजारा, महासचिव शैलेन्द्र महतो क्रान्तिलगायत पत्रकारमाथि हातपात गरेका छन् ।
मंगलबार नेपाल बार एसोसिएसनमा आबद्ध वकिलहरूको कुटपिटबाट पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष बनजारा, महासचिव क्रान्ति, पत्रकार दिवाकर राय र अनिलकुमार निराला घाइते भएका हुन् । महासचिव महतोको पैतालाको हड्डी भाँचिएको छ ।
पत्रकार महासंघ मधेस प्रदेशले गुठी संस्थाबाट लिजमा लिएको जग्गामा तारबार लगाउन थालेपछि वकिलहरूले पत्रकारहरूमाथि आक्रमण गरेको महासचिव शैलेन्द्र महतोले बताए ।







