२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सौर्यबत्तीले झिलीमिली भीमदत्तनगर

अ+ अ-

दोधारा चाँदनी(कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरका मुख्य सडकमा सौर्यबत्ती जडान गरेपछि भीमदत्तनगर झिलीमिली भएको छ । पालिकाले सौर्यबत्ती जडान गरेपछि पूर्व-पश्चिम राजमार्ग र महेन्द्रनगर बजार झिलीमिली बनेको हो । 

नगर प्रवक्ता पदमराज अवस्थीले उज्यालो भीमदत्त बनाउने अभियानअनुसार पालिकाले पूर्व–पश्चिम राजमार्गमा एक सय १५ वटा सडकबत्ती जडान गरेको जानकारी दिए। “पहिलो चरणमा पूर्वपश्चिम राजमार्गको भासीबाट महेन्द्रनगर बजारसम्म एक सय १५ वटा सौर्यबत्ती जडान गरिएका छन्”, उनले भने, “दोस्रो चरणमा राजमार्गको गड्डाचौकीसम्म जडान गर्नेछौँ ।” 

प्रवक्ता अवस्थीले भीमदत्तलाई उज्यालो नगर बनाउने लक्ष्यअनुसार पालिकाले १९ वटै वडामा सडक सौर्यबत्ती जडान गर्ने तयारी गरेको बताए। उक्त सौर्यबत्ती जडानका लागि रु ६९ लाख ७४ हजारमा ठेक्का सम्झौता भएको थियो । 

पालिकाले दोस्रो चरणमा रु २२ लाख ८२ हजार ४२० मा ठेक्का सम्झौता गरेको छ । जसअन्तर्गत गड्डाचौकीबाट भुजेलासम्म ३० वटा सडकबत्ती जडान भइसकेका नगरपालिकाले जनाएको छ । नागरिकको सहजताका लागि राजमार्गको दुवैतर्फ सडकमा सौर्यबत्ती जडान गरिएको उनले बताए।

एसियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगर बजारलाई आधुनिकीकरण गरिएका हो । आयोजनाको पहिलो चरणअन्तर्गत रु एक अर्ब लगानीमा आधुनिक सडक निर्माणसँगै नगर क्षेत्रमा ‘हाइमास्टलाइट’ जडान गरिएको नगरका सब–इञ्जिनियर पवन लेखकले जानकारी दिए। 

“नगरका मुख्य सडकमा ७७६ वटा लाइट जडान भएका छन्”, उनले भने, “बजारमा मात्रै आठ वटा हाइमास्टलाइट जडान गरिएका छन् ।” उनले बजार सौन्दर्यीकरणका लागि गल्लीमा रहेका बिजुलीका खम्बा र टेलिफोनका तार गल्लीको पछाडि भागमा व्यवस्थित गर्न लागिएको बताए।

राजमार्गसहित नगरका क्षेत्रमा बत्ती जडान भएपछि बिहानको समयमा क्याम्पस जाने विद्यार्थीलाई सहज भएको स्थानीय बताउँछन् । “सडकमा अँध्यारो हुँदा आवतजावत समस्या हुन्थ्यो, बत्ती जडान भएपछि सहज भएको छ”, स्थानीय गणेश भट्टले भने, “एक पटक जडान भएको बत्ती बिग्रेपछि बनाउन पालिकाले ध्यान दिनुपर्छ ।” 

उनले सडकबत्तीले यहाँका नागरिकलाई रातिको समयमा आवागमनमा सहज भएको उल्लेख गरे । राजमार्ग क्षेत्रमा सडकबत्तीले झिलिमिली भएपछि विद्यार्थी र सवारीसाधनलाई यात्रा गर्न सहज हुनुका साथै दुर्घटनाको जोखिम कम भएको स्थानीय बताउँछन् ।