२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार शुल्क वृद्धिका कारण विश्व व्यापारमा मन्दीको संकेत : डब्लुटिओ

अ+ अ-

जिनेभा । विश्व व्यापार संगठन (डब्लुटिओ) ले सन् २०२६ का लागि विश्व वस्तु व्यापार (मर्चेन्डाइज ट्रेड) वृद्धिदरको पूर्वानुमान घटाएर १.८ प्रतिशत मा झारेको छ । यसअघि सो दर २.५ प्रतिशत हुने भनिएको थियो । डब्लुटिओले यो गिरावटको प्रमुख कारणको रूपमा अमेरिकाले भन्सार शुल्क वृद्धि गरेको नीतिलाई औंल्याएको छ ।

डब्लुटिओले शुक्रबार सार्वजनिक गरेको पछिल्लो व्यापार पूर्वानुमान अनुसार, हालैका भन्सार परिवर्तनहरूले विश्व व्यापारको समग्र अवस्था कमजोर बनाउने देखिएको छ । अमेरिकाले अगस्ट ७ मा लागू गरेको ’पारस्परिक भन्सार दर’ ले न केवल अमेरिकाको आयात घटाउनेछ, तर साझेदार मुलुकहरूको निर्यातमा समेत गम्भीर असर पार्नेछ ।

यो असर सन् २०२५ को दोस्रो छमाहीदेखि सन् २०२६ सम्म झनै गहिरिने अनुमान गरिएको छ। सोही सन्दर्भमा डब्लुटिओले सन् २०२५ का लागि पनि व्यापार वृद्धिदरको अनुमान संशोधन गर्दै ०.९ प्रतिशत मा ल्याएको छ । यसअघि अप्रिलमा यो दर ०.२ प्रतिशत हुने पूर्वानुमान गरिएको थियो ।

यद्यपि हालको अनुमान पनि भन्सार नबढाउने अवस्थामा गरिएको २.७ प्रतिशतको वृद्धिदरभन्दा निकै कम रहेको डब्लुटिओले स्पष्ट पारेको छ । यो आंशिक रूपमा अमेरिकाबाट भइरहेको अग्रिम आयात (फ्रन्टलोडिङ) को असर भएको बताइएको छ ।

क्षेत्रगत विश्लेषण अनुसार, एसियाली मुलुकहरू आगामी वर्षमा विश्व व्यापार वृद्धिका मुख्य सकारात्मक चालक बन्नेछ भने उत्तर अमेरिकी क्षेत्र सन् २०२५ र २०२६ दुवै वर्षमा नकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ ।

डब्लुटिओकी महानिर्देशक एनगोसी ओकोन्जो–इवेलाले भन्सार नीतिमा भइरहेको अनिश्चितताको गम्भीर असरबारे चेतावनी दिँदै भने,“भन्सारको अनिश्चितता व्यावसायिक आत्मविश्वास, लगानी र आपूर्ति प्रणालीमा गहिरो दबाबको कारण बनिरहेको छ । यो अनिश्चितता विश्व व्यापार वातावरणका लागि अत्यन्त विघटनकारी साबित भइरहेको छ ।”