२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाक्चेलाग्ना नाका दुई साताका लागि खुल्ने

अ+ अ-

काठमाडौँ। नेपाल–चीन सीमामा पर्ने मुगुको उत्तरी क्षेत्र नाक्चेलाग्ना नाका दुई साताका लागि खुल्ने भएको छ । 

कोरोना महामारीले थला पारे पछि बन्द रहेको नाक्चेलाग्ना नाका गत वर्ष झैँ यस वर्ष पनि साउन २५ गते देखि भदौ ७ गते सम्म सञ्चालमा आउने भएपछि मुगु बासी र चिनियाँ नागरिकहरू बीच दैनिक उपभोग्य बस्तुलगायत अन्य बस्तुको कारोबार हुने भएको छ ।

चीन र मुगुको कार्मारोङ गाउँपालिकाको साझा सहमतिमा गृह मन्त्रालयको निर्देशन अनुसार चीनको स्वशासित क्षेत्र ह्यजिमारमा दुई पक्षीय व्यापार मेलाका लागि नाका खुला हुन लागेको हो । यस क्षेत्रमा नेपालको तर्फ बाट व्यापार गर्न जानको लागी नेपालीहरूले अनुमति पत्र लिनु पर्ने व्यवस्था छ ।

नाक्चेलाग्ना नाका नेपाल चीन जोड्ने सबै भन्दा छोटो र सहज नाकाको रूपमा रहेको भएपनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन । यद्यपि, विगतमा हरेक वर्षको भाद्र महिनामा पनि यो नाका करिब दुईसाताका लागि खुल्ने गरेको थियो । तर, कोरोना महामारीको समयमा बन्द भएर लामो समय सम्म खुल्न नसकेको नाका गत वर्ष देखि फेरी सञ्चालनमा आउन थालेको हो । दुई साताका लागि नाका सञ्चालनमा आउने भएपछि चीन तर्फको ह्याँजीमार बजारमा हाटबजार समेत लाग्ने भएको छ ।

यद्यपि, नेपाल तर्फ सडक सञ्जालको अवस्था राम्रो नहुँदा स्थानीयले हाट बजारमा किनेको सामान ल्याउन समेत ल्याउन समस्या भएको छ । स्थानीयहरूले अहिले चौँरी, घोडा, याक, भेडाबाट सामान ढुवानी गर्ने गरेका छन् ।

उक्त हाटबजारबाट मुगु, जुम्ला तथा हुम्लाका नागरिकले आफूहरूलाई वर्षभरि चाहिने मैदा , चामल, नुन, तेल छुर्पी, घिउ, विद्युतीय सामाग्री, जस्ता,पाता, सिमेन्ट लगायतका निर्माण सामाग्री मिठाई, पेय पदार्थ, लत्ता कपडा, घरायसी सामग्री किनमेल गर्ने गर्दछन् । साथ स्थानीय व्यापारीले नेपाल बाट , जडीबुटी , यार्सा, काठका लौरी ,स्याउ, आरु, चुली लगायतका फलफूल तरकारी लगायतका सामाग्रीहरू चिनियाँ व्यापारी पक्ष सँग सामानमै साट्ने तथा बेच्ने गर्दछन् ।