२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘उत्तराखण्डमा हालसम्म कोही नेपाली मृत फेला परेका छैनन्’ : नेपाली दूतावास

अ+ अ-

काठमाडौँ । भारतस्थित नेपाली दूतावासले उत्तराखण्ड प्रदेशको उत्तरकाशीमा आएको बाढी पहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको जानकारी दिएको छ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले बाढी पहिरोमा बेपत्ता भए पनि हालसम्म कुनै पनि नेपालीको शव फेला नपरेको स्पष्ट पारेको छ। दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था,हराइरहेका नेपालीको खोजी तथा उद्धारका लागि नेपाली दूतावासले निरन्तररुपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकाय र भारतको विदेश मन्त्रालयसँग समन्वयन गरिरहेको जनाएको छ।

‘बाढी पहिरोपछि त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था ,हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार,घाइतेहरूको उपचार एवं अन्य आवश्यक सहयोगका लागि राजदूतावासले निरन्तर रूपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकायहरू तथा सरकारको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको छ, ’दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ

दूतावासका अनुसार हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट दुई जनाको शव फेला परेको छ। उत्तराखण्ड प्रदेश पौडी गढवालको बागोडामा अकस्मात् आएको बाढीमा पाँच जना नेपाली बेपत्ता भएका छन्।

घाइते भएका ४ जना नेपालीहरूमध्ये उपचारपछि ३ जना घर फर्किएको र एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ।