२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घारमा सुलसुलेको संक्रमणले मौरी मर्न थाले

अ+ अ-

चितवन । पूर्वी चितवनमा व्यावसायिक मौरीपालन गरेको ठाउँमा माइट (सुलसुले)को सङ्क्रमण देखिएपछि मौरी मर्न थालेका छन् । रत्ननगर नगरपालिका–५ का किसान दीपक रिमालले पालेको एपिस मेलिफेरा जातका मौरीमा सुलसुलेको सङ्क्रमण देखिएको हो ।

रिमालका अनुसार विगत पाँच दिनदेखि मौरीमा समस्या देखिन थालेको हो । उनले भने, “मौरी उड्न खोज्छन् तर उड्न नसकेपछि भुइँमा झरी उत्तानो परेर मर्ने गरेका छन् ।” अहिलेसम्म चारवटा घारका ८० प्रतिशत मौरी मरिसकेका जनाउँदै उनले मौरी कमजोर भएर काम्ने र मर्ने क्रम बढेको बताए।

मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अमगाईंका अनुसार रिमालको फार्ममा रहेका चारवटा घारमा सुलसुलेको सङ्क्रमण देखिएको हो । उनले ती घारमा देखिएको सुलसुले एकराइन प्रजातिको भएको बताउँदै उनले भने, “एकराइनको सङ्क्रमणले मौरीको श्वासनलीमा असर गर्दछ ।” 

यसको सङ्क्रमणबाट मौरी उड्न नसक्ने, कमजोर भएर पखेटालाई ‘के’ आकारको फिजाएर बस्ने गर्दछ । यो सुलसुलेले मौरीको भित्री भागको रस चुसेर कमजोर बनाउने उनले जानकारी दिए। उनले भने, “यो सुलसुलेले पक्षघातको लक्षण उस्तै देखिने भएकाले छुट्याउन कठिन हुने छ ।” 

जिल्लामा यो समस्या हरेक वर्ष देखिने गरेको जनाउँदै मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख अमगाईंले मौरीमा सुलसुलेको सङ्क्रमण र लक्षण देखिने बित्तिकै औषधिको प्रयोग गर्नुपर्ने बताए । यो सङ्क्रमण नाङ्गो आँखाले देख्न नसकिने भएकाले अरु मौरीमा सर्न नदिनका लागि सङ्क्रमित मौरीलाई छुट्टै आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने उनले उल्लेख गरे । 

हाल चितवनमा करिब ५५० मौरीपालक कृषकहरूले १६ हजार ५०० भन्दा बढी घारमा मौरीपालन गर्दै आएका छन् । यहाँका किसानले दाङ, प्यूठान, सल्यान, बर्दिया, कपिलवस्तु रुपन्देही, नवलपरासी, रौतहट, मकवानपुर, सर्लाही, महोत्तरीलगायत जिल्लामा मौरी चराउन लैजाने प्रमुख अमगाईंले बताए । उनका अनुसार जिल्लामा वार्षिक रूपमा ५७० मेट्रिकटन मह उत्पादन हुँदै आएको छ । यहाँ एपिस मेलिफेरा र एपिस सेरेना गरी दुई जातका मौरीको व्यावसायिक पालन हुँदै आएको उनले जानकारी दिए ।