२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ६९ योजना कार्यान्वयन

अ+ अ-

म्याग्दी । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, म्याग्दीले गत आर्थिक वर्ष २०८१/०८२ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी ६९ वटा योजना कार्यान्वयन गरेको छ । 

कूल रु १३ करोड ९९ लाख आठ हजार बजेट विनियोजन भएकामा रु १३ करोड १९ लाख ९२ हजार खर्च भएको कार्यालयले जनाएको छ । डिभिजन प्रमुख झलकमोहन ओझाले खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी प्रदेशका ६७ मध्ये ६४ र संघीय सशर्तका पाँच वटा योजना कार्यान्वयन भएको जानकारी दिए। 

छब्बीस वटा स्रोत सुनिश्चितता भएका, २८ वटा क्रमागत र १८ वटा सालबसाली योजना थिए । खानेपानीका १७, सिँचाइ र नदी नियन्त्रणका छ/छ वटा योजना, ऊर्जा र अध्ययन सर्वेक्षणको एकरएक वटा योजना सम्पन्न भएका छन् । 

डिभिजनले सञ्चालन गरेका खानेपानी योजनाबाट एक हजार २८३ वटा धारा निर्माण भएकामा ९३१ वटा धारामा मिटर जडान गरेर खानेपानी वितरण भएको छ । तीन हजार ११९ मिटर मुख्य, १०६ किलोमिटर शाखा पाइपलाइन, चार हजार ७२ घनमिटर क्षमताका २२ वटा रिजर्भ ट्यांकी र २७७ वटा अन्य संरचना निर्माण भएको छ ।   

कार्यालयले सञ्चालन गरेका सिँचाइ आयोजनाबाट ५२ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा विस्तार र ७० हेक्टरमा स्तरोन्नति भएको छ । छ किलोमिटर पक्की नहर, छ दशमलव ११ किलोमिटर पाइपलाइन विस्तार, पाँच वटा बाँध र ४७ वटा सिँचाइका संरचना निर्माण भएको छ । 

नदी नियन्त्रण योजनामार्फत बाढी र कटानको जोखिममा रहेका विभिन्न छ वटा योजनामार्फत ४० मिटर पक्की पर्खाल, २५० मिटर ग्याबियन पर्खाल भएको छ । रघुगङ्गा–१ बगेमा  ३०० थान ग्याबियन पर्खाल निर्माण गरेर पहिरो रोकथाम गरिएको जनाइएको छ । 

नदी तथा पहिरो नियन्त्रण योजनाबाट ११० घरपरिवार लाभान्वित र २.५ हेक्टर जमिन उकास गरिएको कार्यालय प्रमुख ओझाले बताए । यसैगरी ११४ घरमा जडान भएका सौर्य ऊर्जाको मर्मत गरिएको छ ।