२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरमा थारू समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

अ+ अ-

 कञ्चनपुर । साउनको झरीले खेत पाखा राम्रैसँग भिजिसकेका छन् । धानका गाँजा हरिया भएका छन् । खेतबारीबाट फुर्सदिला भएका यहाँका थारू समुदायका महिला–पुरुषहरू वर्षातको झरीको पर्वाह नगरी भेंम्टी (जङगली च्याउ) खोज्न व्यस्त छन्।

‘बर्खाको समयमा बनतिर गइहाल्न मन लागिहाल्छ’, शुक्लाफाँटा नगरपालिका–१० का राजबहादुर चौधरी भन्छन्, ‘भेंम्टीको स्वाद एक पटकका लागि भएपनि चाख्नैकै लागि वन चहार्दै हिँड्नु परेको छ।’

वर्षातका बेला भेंम्टीको तरकारी खानुको मज्जा बेग्लै हुने गरेको उनी बताउँछन् । वर्षातमा थारू समुदायको पोषिलो खान्कीमा भेंम्टी रहने गर्दछ । थारू भाषामा ‘च्याउ’ लाई भेंम्टी भनिन्छ । यो च्याउ पोषिलो, नरम र स्वादिलो हुने गर्दछ ।

साउन, भदौ, असोज र कात्तिक गरी चार महिनामा जङगल डुल्नेहरूको उद्देश्य एउटै हुन्छ । खाने लायक भेंम्टीको खोजी । भेंम्टीको तरकारी निकै स्वादिलो हुने भएकाले वन क्षेत्रबाट नखोजी घरै नफर्कने भोंसुवा चौधरी बताउँछन् ।

‘हामीलाई थाहा हुन्छ’, किसान चौधरीले भने, ‘कुन च्याउ(भेंम्टी) विषालु हो र कुन खान मिल्ने, खान मिल्ने च्याउ मात्रै टिप्छौं।’ पूर्खौ देखि खान योग्य र अयोग्य च्याउको पहिचान गर्न थारुलाई आउने गरेको उनी बताउँछन्।

उनका अनुसार साउन महिनाको भेंम्टी सानो टुप्पो भएको, लामो जरासहितको हुन्छ । भदौ असोजतिर टाउको ठूलो, जरा अझ लामो। ‘कहिलेकाहीँ त एक हातसम्म लामो जरा भएको च्याउ पनि भेटिन्छ,’ चौधरी भन्छन्। कात्तिकमा चाहिँ भेंम्टी सानो प्रजातिको हुन्छ, यसलाई ‘कटकी’ भनिन्छ ।

वर्षातमा पाइने भेंम्टी एकै ठाउँमा धेरै पाइन्छ। ‘वनका सबै ठाउँमा भेंम्टी पाइँदैन” ६८ वर्षीय परदेशी डगौराले भन्नुभयो, “कुन कुन ठाउँमा भेंम्टी पाइन्छ, कुन बेला पाइन्छ, त्यो कुरा बुढापाकाहरूलाई र उहाँहरूको संगत गर्नेहरूलाई मात्रै थाहा हुन्छ।’ ‘यो वर्ष जुन ठाउँमा भेंम्टी पाइयो, अर्को वर्ष पनि त्यही ठाउँमा भेंम्टी पाइन्छ, ठाउँ चिन्न सक्नु परयो, विशेष गरी भेंम्टी औँसी र पूर्णिमाका दिन उम्रिने गरेको बुढापाकाहरूबाट सुनेको छु’ उनी भन्छन् ।

उनका अनुसार भेंम्टी च्याउको तरकारी खाने व्यक्तिलाई पेट सम्बन्धी रोगहरू र उच्च रक्तचापबाट छुटकारा पाइन्छ । विशेष गरी यो च्याउ विशेष गरी धमिराले बनाएका पुराना माटोको ढिस्को नजिक पाइन्छन्।

थारू समुदायको परम्परा अनुसार, भेंम्टी केवल वनबाट टिप्ने वस्तु मात्र होइन, यो त चाडपर्वका बेला पाहुनालाई पस्किने विशेष परिकार पनि हो ।

दसैँ, अष्टम्की जस्ता पर्वहरूमा पाहुनाहरूका लागि भेंम्टीको सुकुटी र माछा मिसाएर बनाइने स्वादिलो परिकारका दाल, भात, र मासु सँगै पस्किने गरिन्छ।’भेंम्टी थोरै मात्रामा खाए औषधि, धेरै खाए रोग,’ अनुभवी तारुहरू भन्छन्, ‘धेरै भेंम्टीको तरकारी खाए यसले पखाला लगाउछ, सन्तुलन मिलाएर खाएमा यसले पेटमा हुने अपचलाई ठिक गर्दछ।’

सही भेंम्टी छुट्याउने कला थारू समुदायमा पीढी दर पीढी सर्दै आएको छ । थारू समुदायका बुढापाकाहरूका अनुसार खाने च्याउ गहिरो जरा भएको, समूहमा उम्रिएको, टिप्दा सजिलै नटुट्ने हुन्छ ।

‘नखाने च्याउ सानो जरा भएको टुट्ने बित्तिकै टुक्रिने, र अलिक फरक रंगको हुन्छ, देख्ने बित्तिकै थारू आँखाले चिनिहाल्छ’ चौधरी भन्छन् ।च्याउमा प्रोटिन, खनिज र भिटामिन हुन्छ। बोसोको मात्रा निकै न्यून हुने भएकाले पचाउनका लागि सहज हुने उनको भनाइ रहेको छ।

‘थारू समुदायले प्राचीन काल देखिनै च्याउलाई तरकारीका रूपमा पकाएर खान थालेका हुन्,’ उनले भने, ‘अहिले पनि जारी राखेका छन, वन क्षेत्र संरक्षण गरिदा भने सहज रूपमा च्याउ टिप्न पाइने गरेको भने छैन, वन छिर्न झन्झट हुन थालेपछि नयाँ पिँढीले भेंम्टी टिप्न छाड्दै गएका छन्।’