२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घातक हिमाली बाढीपछि बेपत्ता भएकाहरूको खोजीमा भारतीय सेना

अ+ अ-

एएफपी । घातक हिमाली आकस्मिक बाढीको एक दिनपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी गर्न भारतीय सेनाले बुधबार स्निफर कुकुर, ड्रोन र भारी अर्थ-मुभिङ उपकरणहरू ल्याएको छ ।

उत्तराखण्ड राज्यको धराली सहरमा हिलो र पोहोर मैलाको पानीले एउटा साँघुरो पहाडी उपत्यकाको पहरो भत्काएपछि कम्तीमा चार जनाको मृत्यु भएको छ भने ११ जना सैनिकसहित करिब एक सय जना बेपत्ता भएका छन् ।

“थप सेना टुकडीहरू, सेनाका ट्रयाकर कुकुरहरू, ड्रोनहरू, लजिस्टिक ड्रोनहरू, माटो खन्ने उपकरणहरू आदिसहित प्रयासलाई तीव्रता दिन थालिएको छ”, सेनाले बुधबार भनेको छ ।

सैन्य हेलिकप्टरहरूले ‘आवश्यक सामग्रीहरू, औषधिहरू र डुबानमा परेकाहरूको उद्धार’ का लागि काम गरिरहेको पनि सेनाले बताएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले यो बाढी तीव्र ‘आरी घोप्टे’ वर्षाका कारण आएको उद्धार टोलीलाई ‘युद्ध स्तरमा’ तैनाथ गरिएको बताए।

मंगलबार दिउँसो पर्यटकीय क्षेत्रमा हिलो पानीको डरलाग्दो लहरले बहुतले भवनहरूलाई बगाएको भारतीय मिडियामा प्रसारित भिडियोहरूले देखाएका छन् ।

धेरै मानिसलाई दौडिरहेको देख्न सकिन्थ्यो । त्यसपछि तिनीहरू पूरै भवनहरूलाई जरैदेखि उखेल्ने अँध्यारो फोहोरको छालहरूमा डुबेका थिए ।

रक्षा राज्यमन्त्री सञ्जय सेठले प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) समाचार एजेन्सीलाई मंगलवार राति ‘चार जनाको मृत्यु र करिब एक सय जना बेपत्ता’ भएको बताए।

चरम घटना
मुसलधारे मनसुनी वर्षा जारी छ । “निरन्तर वर्षाका कारण बढ्दो पानीको सतहलाई ध्यानमा राखेर बासिन्दाहरूलाई उच्च ठाउँहरूमा सारिएको छ”, सेनाले भनेको छ ।

सरकारी मौसम पूर्वानुमानकर्ताहरूले बुधबार उत्तराखण्डका सबै प्रमुख नदीहरू खतराको सीमाभन्दा माथि बगिरहेको बताए ।

मुख्य धार बितिसकेपछि घटनास्थलबाट सेनाले सार्वजनिक गरेको तस्बिरमा ढिलो गतिमा बग्ने माटोको नदी देखाइएको छ ।

सहरको ठूलो भाग हिलोले डुबाएको छ । उद्धारकर्ताहरूको अनुमानअनुसार केही ठाउँमा यो ५० फिट (१५ मिटर) गहिरो छ र केही भवनलाई पूर्ण रूपमा हिलोले डुबाएको छ ।

जुनदेखि सेप्टेम्बरसम्मको मनसुन मौसममा घातक बाढी र पहिरो सामान्य हुन्छ, तर विज्ञहरू सहरीकरणसँगै जलवायु परिवर्तनले तिनीहरूको आवृत्ति र गम्भीरता बढाइरहेको बताउँछन् ।

संयुक्त राष्ट्रसंघको विश्व मौसम सङ्गठनले गत वर्ष बढ्दो तीव्र बाढी र खडेरी जलवायु परिवर्तनले पृथ्वीको पानीचक्रलाई अझ अप्रत्याशित बनाउँदै आउने कुराको ‘संकटको संकेत’ हो भनेको थियो ।

विशेषज्ञ हाइड्रोलोजिस्ट मनिष श्रेष्ठले बाढी क्षेत्रमा २४ घण्टाभित्र दुई सय ७० मिलिमिटर (१० इन्च) वर्षा भएको रिपोर्ट ‘चरम घटनाको रूपमा गणना गरिएको’ बताए ।

नेपालस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका श्रेष्ठले पहाडहरूमा यस्तो वर्षाको समतल भूमिको तुलनामा ‘बढी केन्द्रित’ प्रभाव हुने बताए।

“यस्ता तीव्र वर्षाका घटनाहरू बढ्दो सामान्य हुँदै गइरहेका छन् र यसलाई जलवायु परिवर्तनसँग जोड्न सकिन्छ”, उनले भने।