२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकका पखाइमा म्याग्दीको पुलाश्रम

अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै)पर्यटकको पर्खाइमा छ । सो स्थानलाई हिन्दू धर्मग्रन्थ रामायणका पात्र पुलत्स्य, पुलह ऋषिले तपस्या गरेको र रावणको जन्म भएको विश्वास गरिन्छ । 

पुलाश्रमको फेदीमा रहेको बेनी बजार भएर वार्षिक सात लाख भन्दा बढी स्वदेशी तथा विदेशी भक्तजन र पर्यटकहरु बेनी–जोमसोम सडक मार्फत हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ आवत जावत गर्छन् । बेनीदेखि करिब नौ किलोमिटर उत्तरतर्फ अवस्थित पुलाश्रम सधैँ सुनसान हुने गरेको पौलत्स्य क्षेत्र विकास कोषका उपाध्यक्ष तेजप्रकाश बानियाले जानकारी दिए। 

“श्रीमद् भगवत् महापुराणको पञ्चमस्कन्ध आठौँ अध्यायमा जयन्ती, मंगला र कालीको संगमस्थलमा पुलत्स्य एवं पुलह ऋषिले तपस्या गरेको र पुलस्त्य ऋषिका नाती हिन्दू धर्मग्रन्थ रामायणका पात्र रावणको जन्म भएको उल्लेख छ,” उनले भने “पुलत्स्य, पुलह ऋषिले तपस्या गरेकै कारण यो ठाउँलाई पुलाश्रम भनिएको विभिन्न अध्ययन तथा तथ्यहरूले पुष्टि गरेको छ ।” 

रामायणको पाँचौँ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलस्त्य र पुलह ऋषिले होम गरेको तथा रावणको नाभी गाडेको ठाउँ पुलाश्रमको धार्मिक महत्त्व तथा इतिहासको साक्षी हुन् । पुलाश्रममा रहेको मन्दिर परिसरको हवन कुण्डमा ऋषिहरूले हवन गरेर शेर रहेको चरु पाइन्छ । 

धार्मिक महत्वको प्रचारप्रसार र प्राकृतिक सौन्दर्यको विशेषता प्रचारप्रसारको कमी तथा सहज सडक यातायातको सुविधा नहुँदा पुलाश्रम ओझेलमा परेको उपाध्यक्ष बानियाले बताए ।  “धेरैलाई पुलाश्रमको महत्त्व र विशेषता जानकारी छैन,” उनले भने “पुलाश्रमको बारेमा जानकारी भएका तिर्थयात्रीहरु आएपनि गाडीमा आउन नसकेर पुलाचौर र तिनमानेबाट फर्किन बाध्य छन् ।”

समुन्द्री सतहदेखि एक हजार सात सय मिटर उचाइमा रहेको पुलाश्रमलाई स्थानीयबासीहरुले पछै पनि भन्ने गर्छन् । यहाँबाट अन्नपूर्ण, धौलागिरि हिमाल, म्याग्दी, पर्वत र बागलुङको ग्रामीण बस्ती अवलोकन गर्न सकिन्छ । नागबेली परेर बगेको कालीगण्डकी र म्याग्दी नदी देखिन्छ । नजिकै बस्ती नभएकाले पुलाश्रमको एकान्त र शान्त वातावरणमा रमाउन पाइन्छ । 

बेनी देखि पैदलयात्रा गरेर दुई घण्टा र सवारी साधनमा तीन मिनेटको यात्रा गरेर पुलाश्रम पुगिन्छ। पुलाश्रममा तिर्थयात्री र भक्तजन आउन नसक्नुको प्रमुख कारण व्यवस्थित पदमार्ग र स्तरीय सडक सुविधाको अभाव भएको स्थानीय शान्ति शर्माले बताए। पौलत्स्य क्षेत्र विकास कोषले महायज्ञबाट संकलन गरेको रकमबाट दश वर्षअघि मन्दिर निर्माण गरेको थियो । 

बेनी नगरपालिकाले पर्यटन मन्त्रालयसँगको साझेदारीमा पुलाश्रम परिसरमा रावण पार्क निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको बेनी नगरपालिका–५ का वडा अध्यक्ष गोविन्द बानियाले बताए। “ढलोट धातुको २१ फिट अग्लो रावणको मुर्तीमा १० वटा टाउको, जनै राख्ने र सरसफाइ गर्ने बाहेकको काम सकिएको छ,” उनले भने “चार रोपनी क्षेत्रफलमा निर्माण भएको पार्क घेराबार, प्रवेशद्वार, पदमार्ग निर्माण, स्लेट बिछ्याउने, दुवो रोपेर संरचना तयार गरिएको छ ।”

रु। एक करोड ७६ लाखमा ठेक्का मार्फत ऋषिमुनि मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको भनिने स्थानलाई यथावत् संरक्षण गरी रावणको मूर्तिसहित बगैँचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायत पूर्वाधार निर्माण भएको छ । 

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनी देखि पुरुण्डी सम्मको छ किलोमिटर सडक पक्की बनेको जानकारी दिँदै चनौटे देखि पुलाश्रम जोड्ने सडक स्तरोन्नतिका लागि प्रदेश र संघीय सरकारसँग प्रस्ताव गरेको बताए । 

विभिन्न धार्मिक गन्थको अध्ययन र तथ्य पहिचान गरेर दक्षिण भारत र श्रीलंकाका धार्मिक पर्यटक भित्र्याउने उद्देश्यका साथ पछैमा रावण पार्क बनाएको उनले बताए। गण्डकी प्रदेश सरकार मार्फत बेनी नगरपालिका–९ मा रहेको गलेश्वर देखि पुलाश्रम र अर्को धार्मिक स्थल जगन्नाथ जोड्ने सडकको काउलेगौडा खण्डमा स्तरोन्नति शुरु भएको छ । 

बेनी, पुलाश्रम, घतानकोत, ढोलथान, जगन्नाथ र गलेश्वरलाई धार्मिक कोरिडोरको रूपमा विकास गर्ने अवधारणा अनुसार पूर्वाधार निर्माण तथा प्रवर्द्धनमा प्राथमिकता दिएको नगर प्रमुख केसीले बताए। धार्मिक कोरिडोरको विकास गरेर मुक्तिनाथ जाने आउने भक्तजन तथा तीर्थयात्रीलाई बेनीमा भुलाउने, बसाइ लम्बाइ पर्यटन विकास गर्ने गर्ने उद्देश्य राखिएको छ ।