२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपति क्षेत्रका १५ शिवालयको अध्ययन गर्न कार्यदल गठन

अ+ अ-

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १५ वटा शिवालयको अध्ययन तथा संरक्षणका लागि ११ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक महत्त्वका सम्पदाको संरक्षण तथा प्रवर्द्धन के-कसरी गर्न सकिन्छ भनी अध्ययन गर्न ११ सदस्यीय कार्यदल गठन गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत संस्कृति महाशाखा, पशुपति क्षेत्र विकास कोष, पुरातत्त्व विभाग, गुठी संस्थान केन्द्रीय कार्यालय, काठमाडौँ महानगरपालिका-८ कार्यालय एवं पशुपति क्षेत्रमा कार्यरत सुरक्षा निकायहरूको संलग्नतामा बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । 

कोषका निमित्त उपनिर्देशक ईश्वरमान भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको हो । 

समितिको सदस्यमा पुरातत्त्व विभागका स्ट्रक्चरल इञ्जिनियर डा. पुरुषोत्तम डंगोल, विभागकै पुरातत्त्व अधिकृत राजेश परियार, खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा विश्वराज सिलवाल, मन्त्रालयका पुरातत्त्व अधिकृत भीष्म बाँस्कोटा, सशस्त्र प्रहरी बल नेपाल, पशुपति मन्दिर सुरक्षा बेसका सहायक प्रहरी निरीक्षक सुदर्शन खतिवडा, काठमाडौँ महानगरपालिकाको कार्यालय सम्पदा तथा पर्यटन विभागका आर्किटेक्ट गौरव श्रेष्ठ, कोषका इञ्जिनियर मदनराज पाण्डे, कोषका आर्किटेक्ट रिक्का श्रेष्ठ र संस्थानका सबइञ्जिनियर भीमप्रसाद अधिकारी रहनुभएको छ । कोषका पुरातत्त्व अधिकृत सुशील कुमार गौतम सचिव रहेका छन् । 

कार्यदललाई सम्पदाको धार्मिक महत्त्व, संरक्षण तथा प्रवर्द्धनका विकल्पसहित अध्ययन गरी प्रतिवेदन पेस गर्न एक महिनाको समय दिइएको कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । पन्ध्र शिवालय क्षेत्र भासिँदै जान थालेकाले त्यस क्षेत्रमा आरती गरिरहेको संस्थालाई कम मानिस मात्र सहभागी गराएर आरती सञ्चालन गराउन पत्राचार गरिएको पनि उनले कताए ।

बागमती किनारमा रहेको यो क्षेत्र भासिँदै जाँदा सम्पदा क्षेत्र खतरामा पर्न सक्ने भएकाले यसको संरक्षण गरिनुपर्ने विभागको भनाइ छ । दैनिक हजारौँ मानिस यस क्षेत्रमा जम्मा भएर आरती गर्दा धेरै भार भएर समस्या आएको विभागका महानिर्देशक सौभाग्य प्रधानांगले बताए। नदीले तलबाट बालुवा बगाउने र माथि दैनिक रूपमा हजारौँ मानिसको भारले थिच्ने गरेकाले जोखिम बढेको भन्दै यसको संरक्षण गरिनुपर्नेमा उनले जोड दिए। 

त्यस्तो संवेदनशील क्षेत्रमा आरती गर्न नहुने भन्दै विभागले यसको विकल्प खोज्न सुझाएको छ । पशुपतिनाथ मूल मन्दिरभित्र परम्परागत आरती हुने गरेकाले यस्ता आरतीका नाममा सम्पदा क्षेत्रमा हानि हुने गरी कुनै पनि गतिविधि नगर्न पनि विभागले आह्वान गरेको छ ।