काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ जना तथ्यांक अधिकृतको सरुवा गरेको छ।
नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, तथ्यांक समूहअन्तर्गत राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरूको सरुवा सोमबार गरिएको हो।
लोक सेवा आयोगको सिफारिसअनुसार अतिरिक्त समूहमा पदस्थापन भएका उनीहरूलाई मन्त्रालयले राष्ट्रिय तथ्यांक कार्यालय तथा अर्थ मन्त्रालयमा सरुवा गरेको हो।








