२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोलाको दूषित पानी पिउन बाध्य दोमिल्लाका बासिन्दा

अ+ अ-

कञ्चनपुर । जिल्लाको कृष्णपुर नगरपालिका-१ दोमिल्लास्थित कालिका टोलका स्थानीय अहिले पनि खोलाको असुरक्षित पानी उपभोग गर्न बाध्य छन् । यहाँका ५० भन्दा बढी परिवारले खोल्टे खोलाको धमिलो र दूषित पानी पिउँदै आएका हुन् ।

खानेपानी आयोजना निर्माण थालिए पनि अधुरो रहेकाले स्थानीय बासिन्दाले पिउने पानीको समस्या झेल्दै आएका हुन् । वर्षात्का बेला धमिलो पानी पिउनुपर्ने बाध्यता छ भने वैशाख-जेठमा खोलाको पानी सुक्ने भएकाले पानीका लागि टाढासम्म पुग्नुपर्ने स्थानीय बताउँछन् ।

करिब तीन किलोमिटर टाढा रहेको खोल्टे खोलाको दूषित पानी पिउँदा स्वास्थ्यमा असर गरिरहेको स्थानीय पार्वती साउदले बताइन् । “खोलाको पानी न सुरक्षित छ, न सधैँ उपलब्ध हुन्छ”, उनले भनिन्, “वैशाख जेठका महिना सुक्ने भएकाले टाढाबाट पानी बोक्नुपर्ने बाध्यता छ ।”

गाउँमा पानीको ट्यांकी बनेको एक वर्ष भए पनि अहिलेसम्म धारा जडान हुन नसकेको उनले बताइन् । कहिलेकाहीँ खोला नजिकै जनावर मरेको थाहा पाए पनि त्यहीँको पानी पिउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

खोलाबाट पानी बोकेर ल्याउने झन्झट अन्त्य गर्दै स्थानीय बासिन्दा मिलेर पाइप जडान गरी पानी गाउँसम्म ल्याइएको जनाउँदै जंगली हात्तीले पाइप उखेलेर तोडी दिएपछि पुन:खोलाबाटै पानी बोक्नुपर्ने बाध्यता भएको स्थानीय पार्वती साउदले बताइन् । “हात्तीले पाइप फुटाउँछ, हामी फेरि नयाँ पाइप हाल्छौँ । यसरी खानेपानीको समस्या कहिल्यै समाधान हुन सकेको छैन”, उनले भनिन् ।

स्थानीयले समस्या समाधानका लागि वडाध्यक्षसम्म गुहार लगाए पनि अहिलेसम्म सुनुवाइ नभएको उनीहरूको गुनासो छ । आर्थिक वर्ष २०७४/७५ देखि निर्माण सुरु भएको दोमिल्ला पहरिया खानेपानी आयोजना हालसम्म अधुरो छ ।

योजनाका सचिव दामोदर जोशीका अनुसार ट्यांकी बनेको एक वर्ष भएको छ । हालसम्म चार हजार ९०० मिटर मुख्य पाइपलाइन विस्तार गरिएको छ । यो आयोजना दोमिल्ला, पहरिया र सुन्दरीफाँटा क्षेत्रका एक हजार ५०० घरधुरीलाई खानेपानी आपूर्ति गर्ने लक्ष्यसहित प्रक्रिया अगाडि बढाइएको हो ।

हालसम्म पाइपलाइन पूर्ण रूपमा बिछ्याइ नसकेकाले स्थानीयले अझै पनि खोलाको भरमा दूषित पानी पिउनुपर्ने बाध्यता हटेको छैन ।