२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वतमा चार करोड बढीका पर्यटन पूर्वाधार थपिँदै

अ+ अ-

पर्वत । पर्वतमा चालु आर्थिक वर्ष २०८२/८३ मा पर्यटन पूर्वाधारका एक सय ११ वटा आयोजनाका लागि बजेट विनियोजन भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत जिल्लामा सञ्चालित पर्यटन तथा उद्योग कार्यालयले जिल्लाका सात वटै पालिकामा रहेका धार्मिक तथा पर्यटकीय स्थलमा रु. चार करोड ११ लाख बजेटका पूर्वाधार निर्माण गर्ने भएको हो । 

जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रमा भक्तजन तथा पर्यटकको थप आकर्षणका लागि पूर्वाधार थप गर्न थालिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । जिल्लाको कुश्मा नगरपालिकामा सबैभन्दा बढी २९ वटा आयोजना थपिने कार्यालयका प्रमुख पोषनाथ शर्माले जानकारी दिए।  

उनका अनुसार फलेबास नगरपालिकामा २६, मोदी गाउँपालिकामा १३, जलजला गाउँपालिकामा पाँच, पैयुँ गाउँपालिकामा १७, विहादी गाउँपालिकामा ११ र बाँकी महाशिला गाउँपालिकामा आयोजना कार्यान्वयन गर्न थालिएको हो ।

पर्यटकीय संरचनामा मन्दिर निर्माण तथा जीर्णोद्धार र रङ रोगन, विश्राम स्थल निर्माण, पदमार्ग, सामुदायिक भवन, उद्यान, बगैँचा तथा पार्क निर्माण, घरबास सुधारलगायत संरचना बनाइने भएको प्रमुख शर्माले बताए । पछिल्लो समय साहसिक पर्यटनको केन्द्र बन्दै गएको जिल्ला सदरमुकाम कुश्मा बजारमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा रहेका पर्यटकीय स्थलमा पुर्‍याउन सकियोस् भन्ने उद्देश्यले धार्मिक तथा पर्यटकीय स्थलमा पूर्वाधार थप गर्न लागिएको उनको भनाइ छ । 

शर्माका अनुसार कुश्मा नगरपालिकामा रु. एक करोड ६० लाख, फलेवास नगरपालिकामा रु. एक करोड ४० लाख, मोदीमा रु. ६५ लाख, जलजलामा रु. २५ लाख, पैयुँ गाउँपालिकामा रु. एक करोड, महाशिलामा रु. ५५ लाख र विहादी गाउँपालिकामा रु. ५५ लाख बजेट विनियोजन भएको छ । सबै आयोजना अल्पकालीन भएकाले चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी कार्यान्वयनको तयारी भइरहेको उनले जानकारी दिए।

पर्वतका सात वटै पालिकामा गरी ६१ वटा घरबास सेवा सञ्चालनमा रहेका छन् भने दुई वटा निजी घर बाससमेत सञ्चालनमा रहेको कार्यालय प्रमुख शर्माले बताए । पर्यटकीय पूर्वाधारले घर बासमा आउने पर्यटकलाई सुविधा पुग्नुका साथै थप आकर्षण थप्ने विश्वास कार्यालयले लिएको छ । पछिल्ला केही वर्षयता पर्वत साहसिक पर्यटकको गन्तव्यका रूपमा विकास हुँदै गएको छ । 

सदरमुकाम कुश्मामा रहेको विश्वकै दोस्रो अग्लो बञ्जी, स्विङ, विश्वकै लामो सुपरम्यान शैलीको जिपलाइन, र्‍याफ्टिङ, क्यानोनिङलगायत स्थानमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा रहेका पर्यटकीय गन्तव्य र घर बाससम्म पुर्‍याउनका लागि पनि नयाँ थपिने पूर्वाधारले आकर्षित गर्ने कार्यालय प्रमुख शर्माले बताए ।  

जिल्लामा पर्यटकीय सिजनमा दैनिक सयौँको संख्यामा बाह्य पर्यटक र दैनिक जसो भित्रिने आन्तरिक पर्यटकको संख्या उल्लेख्य मात्रामा रहे पनि पर्यटन सूचना केन्द्र नहुँदा तथ्यांक राख्न समस्या भएको पर्यटन तथा उद्योग कार्यालय पर्वतले जनाएको छ । जिल्लामा भित्रिने पर्यटकको वार्षिक तथ्यांक नहुँदा थप योजना निर्माणमा समस्या भएको कार्यालय प्रमुख शर्माले बताए। गण्डकी प्रदेश सरकारमार्फत गत आर्थिक  वर्षमा ४२ वटा आयोजना कार्यान्वयन गरिएको थियो ।