२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देव गुरुङको दाबी-‘अध्यक्ष ‘प्रचण्ड’को नेतृत्व सर्वमान्य छ, राजनेताको रूपमा स्थापित भएको छ’

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्व सर्वमान्य भएको बताएका छन् ।

पार्टीको स्थायी समिति बैठकमा बोल्दै गुरुङले अध्यक्ष ‘प्रचण्ड’को नेतृत्व सर्वमान्य भएको बताए ।

पार्टीका लागि ‘प्रचण्ड’को नेतृत्व सुनौलो अवसर भएको उनले बताए । उनले भने, ‘अध्यक्षको नेतृत्व सर्वमान्य भएको छ । राजनेताको रूपमा स्थापित भएको छ । यो हाम्रो सुनौलो अवसर हो । यस्तो बेलामा लिडरसिपको बारेमा प्रश्न उब्जाइनु ठिक छैन ।’

उपमहासचिव जनार्दन शर्माले नेतृत्वका बारेमा बाहिर बोलेको विषयमा गलत भएको गुरुङले टिप्पणी गरे । उनले भने, ‘उत्तराधिकारी बनाएर बनिने कुरा होइन । तोकेर हुने कुरा होइन । आन्दोलनका क्रममा हुने कुरा हो । विधि पद्धतिका हिसाबले बाहिर जानु ठिक छैन । गलत हुन्छ ।’

महासचिव गुरुङले अब एकताबद्ध भएर अध्यक्षले प्रस्तुत गरेको प्रस्तावअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए ।