२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्च बारले भन्यो-‘संवैधानिक इजलासका चार न्यायाधीश पनि गोलाबाटै तोक्नुपर्छ’

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले संवैधानिक इजलासमा समेत गोला प्रक्रियाबाट न्यायाधीशहरू छनोट गर्न माग गरेको छ ।

सर्वोच्च बारले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई एक ज्ञापन पत्र पठाएर गोला प्रक्रियाबाट न्यायाधीश तोक्न माग गरेको हो ।

नेपालको संविधानको धारा १३७ मा संवैधानिक इजलाससम्बन्धी व्यवस्था छ, जहाँ प्रधानन्यायाधीश र न्यायपरिषद्‍को सिफारिसमा उनले तोकेका ४ न्यायाधीश रहने व्यवस्था छ ।

पछि सर्वोच्च अदालतकै व्याख्या अनुसार ४ भन्दा बढी न्यायाधीशहरूको सूची (रोस्टर) बनाई तीमध्येबाट प्रधानन्यायाधीशले ४ जना न्यायाधीश तोक्ने अभ्यास भएको थियो ।

चोलेन्द्रशम्सेर जबराको पालामा प्रधानन्यायाधीशले आफूखुसी न्यायाधीश छनोट गरेको आरोप लागेपछि प्रधानन्यायाधीश सहित सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशहरू संवैधानिक इजलासमा रहने भद्र सहमति भएको थियो । र हालसम्म पनि त्यो अभ्यास कायम छ ।

केही दिनअघि सर्वोच्च अदालतका न्यायाधीशहरूको आन्तरिक समीक्षामा संवैधानिक इजलासमा रहने न्यायाधीशहरूका बारेमा बहस भएको थियो । केही वरिष्ठतम न्यायाधीशहरूले अहिलेकै व्यवस्था यथावत हुनुपर्ने माग गरेका थिए भने केहीले रोस्टरमा रहेका न्यायाधीशहरूबीच गोला प्रक्रियाबाट न्यायाधीश छनोट हुनुपर्ने माग गरेका थिए ।

केही दिनअघि ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति विवादमा न्यायाधीशहरूबीच राय बाझिएर ३र२ को अनुपातमा मुद्दाको फैसला भएको थियो र प्रधानन्यायाधीश नै अल्पमतमा परेका थिए ।

त्यसपछि संवैधानिक इजलास गठनका बारेमा फेरि बहस हुन थालेको हो । सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठक (फुलकोर्ट) मा सीमित भएको बहसमा प्रवेश गरेर सर्वोच्च अदालत बारले समेत गोला प्रथाको माग गरेको हो ।