२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लाको धिमीचौर आन्तरिक पर्यटकीय गन्तव्य बन्दै

अ+ अ-

जुम्ला । जिल्लाको चन्दननाथ नगरपालिका-४ मा रहेको धिमीचौर पछिल्लो समयमा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकासित हुँदै गएको छ । पर्यटकीय सम्भावना बोकेको धिमीचौर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको हो ।

यहाँका पाटनमा फूलेका फूलहरूको सुगन्ध लिने, रमणीय वातावरणसँग रमाउने र मनोरम दृश्यावलोकनका लागि पर्यटन आकर्षित हुँदै गएका स्थानीय बताउँछन् ।

यस ठाउँले पर्यटकलाई आकर्षित गर्नुका साथै आनन्दित बनाएकाले आन्तरिक पर्यटकको आगमन बढ्दै गएको चन्दननाथ नगरपालिकाका प्रमुख सुरेन्द्रबहादुर महतले बताए । स्थानीय सरकारले यसको प्रचारप्रसार गर्ने, पर्यटकीय गतिविधि सञ्चालन, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रलाई महत्त्व दिएर काम गरिरहेको उनको भनाइ छ ।

“यहाँसम्म पुग्नका लागि सडक विस्तार भएको छ । यसलाई थप स्तर वृद्धि गर्दै जाने योजना नगरले बनाएको छ । सदरमुकाम खलंगाबाट करिब एक घण्टाको पैदल यात्रामा पर्ने धिमीचौर आन्तरिक पर्यटकको चहलपहल बढेको छ”, उनले भने।

घना जङगलको बीचमा ठूलो फाँट, त्यही फाँट हो धिमिचौर । अहिले विशेष गरि साउन र भदौमा धिमीचौर पर्यटकले भरिभराउ हुन्छ । शुक्रबार र शनिबार तथा बिदाको दिनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीय हिम्मत बुढ्थापाले जानकारी दिए ।

धिमीचौरमा घुम्न आउनेको सङ्ख्या बढेपछि पाटनसम्मका फाँटमा बिस्कुट, चाउचाउका प्लास्टिक, सिसा, रेडबुल र पानीका बोत्तल भेटिने बताउँदै लक्ष्मी खत्रीले पर्यटकीय गतिविधि बढेसँगै आयआर्जन बढ्नुका साथै वातावरणमा फोहर पनि बढिरहेको उल्लेख गरे । फोहर व्यवस्थापनका लागि ठाउँ ठाउँमा फोहर फाल्ने खाडलको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

“पहिला बाउ बाजेले बर्खायाममा गाई गोठका रूपमा प्रयोग गर्ने धिमीचौर अहिले आन्तरिक पर्यटनको मुख्य गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । स्थानीय सरकारले पूर्वाधार विकाससँगै फोहर व्यवस्थापनको पहल गरे थप पर्यटन प्रवर्द्धन भई स्थानीयको आर्थिक स्तर सुधार हुँदै जाने थियो”, उनले भने ।