काठमाडौँ । सरस्वती ज्ञवालीको संस्मरण ‘क्षितिज: आमा र धरती’ सार्वजनिक गरिएको छ । काठमाडौँमा आज आयोजित एक समारोहका बीचमा उक्त कृति सार्वजनिक गरिएको हो । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको कृतिमा लेखक ज्ञवालीले जन्मँदै अपांगता भएकी छोरीसँगको ३७ वर्षे अनुभूतिलाई अभिव्यक्त गरेका छन् ।
कृति सार्वजनिक करण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवम् प्रथम महिला राधिका शाक्यले राजनीतिक परिवारमा महिलाको भोगाइ बाहिर देखेको भन्दा फरक हुने बताए ।
कृतिको समीक्षा गर्दै समालोचक डा विन्दु शर्माले अपांगता भएकी छोरीको हेरचाहमा रमाउँदा ज्ञवालीले अनुभूत गर्नुभएको भावनात्मक लेखनले आम पाठकलाई भावुक बनाएको बताए ।
लेखक ज्ञवालीले अपांगता भएकी छोरीको हेरचाह गरेर भातभान्सा गर्दा बेसार लागेका हातले आफ्नो भोगाइलाई लेखनमा प्रस्तुत गरेको बताए। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली पत्नी लेखक सरस्वतीका यसअघि कविता र संस्मरणसहित दुई कृति प्रकाशित छन् ।







