२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण अफ्रिकामा एक हजार अवैध खानी मजदुर पक्राउ

अ+ अ-

एएफपी । दक्षिण अफ्रिकाको उत्तर-पूर्वी क्षेत्रमा रहेको सुन खानीहरूमा काम गरिरहेका करिब एक हजार अवैध आप्रवासी मजदुरहरू पक्राउ परेका छन् ।

प्रहरीका अनुसार म्पुमालांगा प्रान्तको बार्बरटन गाउँ नजिकैको खानी क्षेत्रमा एक सातासम्म चलेको अपरेशनमा यी मजदुरहरू पक्राउ परेका हुन् । खानी क्षेत्र वर्षौँदेखि गोप्य रूपमा अवैध रूपमा सञ्चालन हुँदै आएको जनाइएको छ ।

प्रहरी प्रवक्ता डोनाल्ड म्ड्लुलीले भने, “अझै पनि केही अवैध खानी मजदुरहरू भित्र लुकेका छन्। सतहमा निस्कनासाथ नियन्त्रणमा लिइनेछ ।”

खानी सञ्चालक कम्पनी बार्बरटन माइनसले विगतमा घाटाका कारण कर्मचारी हटाउँदा स्थानीय समुदायमा आक्रोश फैलिएको बताए । तर पछि भित्रै अवैध रूपमा खानी सञ्चालन हुँदै आएको थाहा भएपछि प्रहरी र सुरक्षा निकायले संयुक्त रूपमा कारबाही सुरु गरेका हुन् ।

कम्पनीले भनेको छ, “खानीभित्र अवैध रूपमा खाद्य र अन्य सामग्री पुर्‍याइँदै आएको थियो । यसलाई रोक्न यो अपरेशन आवश्यक थियो ।”

प्रहरीले अहिलेसम्म कुनै मानवीय क्षति नभएको जनाएको छ र गत वर्ष जोहान्सबर्ग नजिकैको स्टिलफोन्टेन क्षेत्रमा गरिएको यस्तै कारबाहीमा ९० जना अवैध खानी मजदुरको ज्यान गएको थियो ।

यसपटक पनि प्रहरीले खानीलाई चारैतिरबाट घेराबन्दी गर्दै भित्र आपूर्ति रोक्ने रणनीति अपनाएको थियो, जसले गर्दा भित्र रहेका मजदुरहरू बाहिर आउन बाध्य भएका थिए ।