२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अ+ अ-

धरान (सुनसरी) । सुनसरीको दुहबी नगरपालिका–२ पचिरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार राति करिब ९:१० बजे सुनसरीको दुहबीमा को६प ५२४१ नम्बरको मोटरसाइकल र को३२प १५०४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका गढी गाउँपालिका–२ का १८ वर्षीय नजामुदिन मियाँको विराटनगरस्थित विराट नर्सिङहोममा उपचारका क्रममा बेलुका १०:३० बजे मृत्यु भएको प्रवक्ता खतिवडाले जानकारी दिए । 

उक्त दुर्घटनामा मियाँसँगै मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १७ वर्षीय सबाद आलम घाइते भएका छन्। उनको विराट नर्सिङहोममै उपचार भइरहेको छ ।

त्यसैगरी, अर्को मोटरसाइकलको ६प ५२४१ का चालक गढी गाउँपालिका–२ निवासी २२ वर्षीय विश्वजित चौधरी गम्भीर घाइते भएका छन्। घाइते चौधरीको विराटनगरको विराट नर्सिङहोमको आकस्मिक कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

दुर्घटनापछि सोही मोटरसाइकलमा सवार महेश चौधरी भने फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।