२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुलाईमा ७० हजार बाह्य पर्यटकले गरे नेपाल भ्रमण

अ+ अ-

काठमाडौँ । सन् २०२५ को जुलाई महिनामा नेपालले कुल ७० हजार १ सय ९३ जना अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ । 

यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो । नेपाल पर्यटन बोर्डका अनुसार, महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभरी गरेको छ ।

सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कुल ६ लाख ४७ हजार ८ सय ८२ जना अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ । 

जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो संख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि एकचोटि लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको बताए ।

जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १ सय ५२ जना अर्थात् ३८।७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट ६ हजार ८ सय ९० जना (९.८ प्रतिशत), तेस्रोमा अमेरिकाबाट ६ हजार ६ सय २६ जना (९.४ प्रतिशत), बंगलादेशबाट ४ हजार ४ सय १३ जना (६.३ प्रतिशत) र बेलायतबाट ३ हजार ५ सय ४७ जना (५.१ प्रतिशत) पर्यटक नेपाल आगमन भएको छ ।

क्षेत्रीय विश्लेषण गर्दा दक्षिण एशियाली मुलुकहरूबाट सबैभन्दा बढी ३३ हजार ७ सय ८७ जना (४८.१ प्रतिशत) र छन् अन्य एशियाली मुलुकहरूबाट १३ हजार ५२ जना (१८.६ प्रतिशत), युरोपबाट ९ हजार २९२ जना (१३.२ प्रतिशत), अमेरिकाबाट १२ हजार ७७५ जना (११.१ प्रतिशत), ओसिनिया क्षेत्रबाट १ हजार ८ सय ७ जना (२.६ प्रतिशत), मध्यपूर्वबाट ८२६ जना (१.२ प्रतिशत), अफ्रिकाबाट ३१८ जना (०.५ प्रतिशत) र अन्य क्षेत्रबाट ३ हजार ३ सय २९ जना (४.७ प्रतिशत) पर्यटक आगमन भएको छ ।