२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवीन्द्र मिश्रलाई भेट्न घरमै पुगे लिङदेन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको भैँसेपाटीस्थित घरमै पुगेका छन् । लामो समयदेखि अस्वस्थ रहेकी मिश्रकी आमासँग उनले भेटघाट गरे ।

पार्टीभित्र दुई गुटको अन्तरद्वन्द्व चर्किएका बेला ‘न्यूट्रल’ रहेका मिश्रको घरमा लिङदेनको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भेटघाटको प्रयोजन राजनीतिक नभए पनि यसले दुई नेताहरूबीचको आपसी सम्बन्धमा सुधार ल्याउने विश्वास गरिएको छ ।

मिश्रकी आमा डिमेन्सिया रोगबाट ग्रस्त छिन् । उनी सबै कुरा बिर्सिँदै गएकी छन् । छोरालाई पनि कहिलेकाहीँ चिन्दिनन् । भेटका क्रममा मिश्रले आमालाई अध्यक्षसँग चिनाउने प्रयास गरेका थिए । मिश्रले उनलाई स्वास्थ्य लाभको कामना गरे ।

स्रोतका अनुसार लिङदेनले मिश्रको घरमा जाने योजना पहिल्यै बनाए पनि अहिले मौका जुरेको हो । पार्टीभित्र द्विपक्षीय टकराव चलिरहँदा कतै पनि नखुलेका मिश्रलाई विश्वासमा लिने प्रयासका रूपमा पनि यसलाई हेरिएको छ । यद्यपि, आजको भेटघाटमा राजनीतिक कुराकानी नभएको बताएको छ ।

लिङदेनसँगै राप्रपाबाट बाग्मती प्रदेशकी सांसद लक्ष्मी घिमिरे र पार्टीका सहमहामन्त्री अमृत पुडासैनी पनि मिश्रको घरमा पुगेका थिए ।

प्रहरी हिरासतबाट बाहिर निस्किएयता मिश्र राजनीतिक गतिविधिहरूमा त्यति सक्रिय छैनन् । पार्टीको आन्तरिक विवादमा त उनी पूर्णतया मौन नै छन् । अध्यक्ष नेतृत्वको संस्थापन पक्ष र महामन्त्री डा. धवलशमशेर राणा नेतृत्वको असन्तुष्ट पक्ष दुवैका लागि उनको पक्षधरताले ठूलो महत्त्व राख्ने निश्चित छ ।

राप्रपाको आगामी महाधिवेशनमा लिङदेन र राणाबीच अध्यक्षमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । मिश्रले भने कुनै पनि पनि पदका लागि आकांक्षा देखाएका छैनन् ।