२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपेन्द्र यादवले भने-‘चुरे विनाशका कारण मधेसमा जलसंकट देखियो’

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे विनाशका कारण अहिले मधेसमा जलसंकट देखिएको बताएका छन्  । 

राजविराजमा जसपा नेपाल सप्तरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले सरकारको गलत नीतिका कारण मधेस जलसंकटको समस्या भोगिरहेको आरोप लगाए । 

“चुरे विनाशका कारण मधेसका अन्नदाता किसान अहिले आफैँ त्राहिमाम अवस्थामा छन्”, उनले भने, “चुरे विनाशले गर्दा उत्पन्न जलसंकट नै त्यसको प्रमुख कारण हो ।” 

अन्तरराष्ट्रिय संस्थाहरूले धेरै वर्ष पहिले नै चुरे संरक्षण नगरे पानीको संकट आउने भनी सचेत गराएको सुनाउँदै नेता यादवले त्यसविपरीत सरकारले गलत नीति अख्तियार गरी चुरेको दोहन जारी राख्दा अहिलेको तराई-मधेसमा समयमा वर्षा नहुँदा खेतीको समयमा पानीको अभावमा जमिन सुक्खा भएर संकट उत्पन्न भएको आरोपसमेत लगाए  ।

चुरे क्षेत्रको विनाश र त्यसकै नजिकबाट राजमार्ग निर्माण गरी बसोबासका नाममा चुरे क्षेत्रको अतिक्रमण गरेका कारणले भूमिगत जलस्रोतको मुख्य आधारका रूपमा रहेको चुरेको विनाश हुँदै गएको उनको भनाइ थियो ।

“पहिले १०/१५ फिट खन्दा भेटिने जमिनमुनिको पानी अहिले ४०० फिट मुनि पनि भेट्न कठिन भइसकेको छ”, उनले प्रश्न गर्दै भने, “यस्तै अवस्था रहने हो भने केही वर्षपछि समस्या कति विकराल बन्ला भन्ने कुरा सरकारले सोच्नुपर्छ ?” जसपा अध्यक्ष यादवले अर्बौँको विदेशी सहायता आउँदासमेत सरकारले चुरेको संरक्षण नभएर मधेसमा मरभूमिकरणको खतरा बढेको उनले टिप्पणी गरे ।

मधेस मरूभूमिकरणतर्फउन्मुख भएको आरोप लगाउँदै अध्यक्ष यादवले मधेसमा पानीको हाहाकार रहेको तथा अन्नदाता नै संकटमा परेकाले बजेट संशोधन गरी वर्तमान समस्या समाधान गर्न आग्रह गरे ।

“जनसङ्ख्याका आधारमा बजेट ल्याउन माग गर्दै ४० प्रतिशत जनसङ्ख्यालाई ८९ प्रतिशत र मधेसको ६० प्रतिशत जनतालाई मात्र ११ प्रतिशत बजेट विनियोजन गरिन्छ, योभन्दा ठूलो विभेद के हुनसक्छ”, अध्यक्ष यादवले भने ।

जसपा नेपाल सप्तरीका अध्यक्ष केदारप्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

तीन दिनसम्म चल्ने अधिवेशनले जिल्ला कार्यसमितिका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने तय भएको जसपा नेपालले जनाएको छ ।