२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल स्कुल फुटबल लिग हुने

अ+ अ-

काठमाडौँ । थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) हुने भएको छ । १८ वर्षमुनिको यस लिगको पहिलो संस्करणमा राजधानीका आठ स्कुलले भाग लिनेछन् ।

लिगमा जेम्स थन्डरबोल्ट्स (जेम्स स्कुल), सुपर डाँफेज (डीएभी स्कुल), एफसी माउन्ट कान्जिरोवा (कान्जिरोवा स्कुल), एलए (लिटिल एन्जल्स), रेड पान्डाज (रातो बंगला), चेल्सी फाल्कन्स (चेल्सी वर्ल्ड स्कुल), केडब्लूएस लोखुग एफसी (काठमाडौँ वर्ल्ड स्कुल) र युलेन्स प्यान्थर्स (युलेन्स स्कुल) को नामले खेल्नेछन् ।

स्कुल सहभागी भए पनि प्रतियोगितालाई नयाँ स्वरुपमा आयोजना गर्न क्लबको नाम र लोगो फरक राखिएको थन्डर बोल्ट्सका स्पोर्ट्स इभेन्ट व्यवस्थापक रायन कसजूले बुधबार पत्रकार सम्मेलनमा बताए । लिग विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । व्यक्तिगततर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीले जनही ५० हजार पाउनेछन् ।

जेम्स स्कुलस्थित थन्डर बोल्ट्स मैदानमा हुने प्रतियोगिता अगस्ट २ देखि हुनेछ । प्रत्येक शनिबार र आइतबार हुने खेलाइने लिगमा २८ खेल हुनेछ । लिग राउन्ड र प्लेअफपछि सेप्टेम्बर २० मा फाइनल हुनेछ । अहिले फुटबलको लिग सुरु गरिएको र विस्तारै अरू खेलको स्कुल लिग गरिने लक्ष्य राखेको जेम्सका भाइस प्रिन्सिपल आरपी बस्यालले सुनाए ।

प्रतियोगिताको म्याच बल पार्टनरमा रुट्स फेसनको एडिडास, हस्पिटालिटी पार्टनरमा हार्डरक क्याफे, एजुकेसन पार्टनरमा थ्री सिक्स्टी डिग्री एजुकेसन, फुड पार्टनरमा डल्ले, इन्स्योरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इस्न्योरेन्स तथा मेडिकल पार्टनरमा ह्याम्स हस्पिटल छन् ।