२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा ४९ करोड राजस्व संकलन

अ+ अ-

जुम्ला । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक लक्ष्यभन्दा कम रु ४९ करोड ४६ लाख राजस्व संकलन गरेको छ । कार्यालयको वार्षिक राजस्व उठाउने लक्ष्य रु ६३ करोड ७१ लाख रहेको थियो ।

आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेका अनुसार कार्यालयले कूल ७८ प्रतिशत राजस्व संकलन गरेको छ ।

यस्तै, रु ३४ करोड ९५ लाख आयकरतर्फ राजस्व संकलन भएको छ । ‘भ्याट’तर्फ रु १३ करोड ५२ लाख र अन्त:शुल्कतर्फ रु ५९ लाख ६१ हजार राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लामा हालसम्म ३९ हजार ५७३ जना करदाता दर्ता प्रक्रियामा छन् । जसमा ‘भ्याट’तर्फ दुई हजार छ, आयकरतर्फ १७ हजार ४७०, अन्तशुल्कमा ७२९ र ‘प्यान’तर्फ १९ हजार ३६८ रहेको कार्यालयका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

करदाता शिक्षालाई थप प्रभावकारी बनाउनका लागि निर्माण व्यवसायीलगायत ठूला तथा साना व्यवसायीलाई प्राथमिकता दिई सोहीअनुसार काम भइरहेको सो कार्यालयले जनाएको छ । बजार अनुगमन र कर शिक्षा स्थानीय तहमै पुगेर दिइने गरी काम भइरहेको सूचना अधिकारी पौडेलको भनाइ छ ।

बक्यौता भएको राजस्व तिर्ने दायित्व व्यवसायीकै भएकाले कार्यालयले पटकपटक परिपत्र गर्दा पनि यहाँका ठूला तथा साना गरी करिब ८०० बढी ‘फर्म’ तथा व्यवसायीले बक्यौता तिर्न नसकेको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ । उक्त कार्यालयको जुम्लालगायत मुगु र कालिकोटमा पनि कार्यक्षेत्र रहेको छ ।