२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलको दाबी : ‘विद्या भण्डारीको निवासमै गएर राष्ट्रपति नबन्न सुझाव दिएको थिए’

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उतिबेला नै क्रियाशीलता छाडेर राष्ट्रपति नबन्न सुझाव दिएको बताएका छन् ।

जिफन्टको १२ औँ प्रतिनिधि परिषद् बैठकमा बोल्दै महासचिव पोखरेलले विद्या भण्डारीको निवासमै गएर आफूले तपाईँले इच्छा नगर्दा राम्रो हुने सल्लाह समेत दिएको तर पार्टीले निर्णय गरेपछि सबैले सर्वसम्मत राष्ट्रपति बनाएको बताएका हुन् ।

उनले भने, ‘विद्या भण्डारीको निवासमै गएर आफूले तपाईँले इच्छा नगर्दा राम्रो हुने सल्लाह समेत दिएको तर पार्टीले निर्णय गरेपछि सबैले सर्वसम्मत राष्ट्रपति बनाएको हो । विरोधका बाबजुद पार्टीले निर्णय गर्‍यो र दुई कार्यकाल राष्ट्रपतिको कार्यकाल पुरा गर्नुभएपछि अब वहाँ राजनीतिमा फर्किनुहोला भन्ने लागेकै थिएन । तर उहाँमा त्यो धैर्यता देखिएन ।’

उनले दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राख्नुहोला भन्ने कल्पनै गर्न नसकिने पनि बताए ।

उनले पार्टी नेतृत्वमा दुई कार्यकालको विषय पार्टीको प्रतिष्ठालाई कमजोर बनाउने गरी अनावश्यक, भ्रमपूर्ण र तथ्यहीन भएको बताए ।

त्यस्तै ७० वर्ष उमेरको हद लोकतान्त्रिक मूल्यमान्यताका विशेषता विपरीत नभएको उनले बताए । ‘कस्तो पार्टी हुने भन्ने मदन भण्डारीको विचारलाई स्मरण गर्दै नेतृत्व रहस्यमय र अलौकिक पात्र जस्तो हुनुहुँदैन जनताबाट अनुमोदित हुनुपर्छ,’ उनले भने ।

यस्तै पोखरेलले महाधिवेशनमा उम्मेदवार बन्ने सबैको अधिकार भएको उल्लेख गर्दै पार्टीले प्रतिस्पर्धाको नीतिलाई हामी अवलम्बन गरेको बताए ।

उनले भने, ‘पहलकदमी, प्रतिस्पर्धाको नीतिलाई हामी अवलम्बन गरेका छौँ, पार्टीको लोकतान्त्रीकरणको मूल थ्रस्टबाट पार्टी तलमाथि भएको छैन । महाधिवेशनमा उम्मेदवार बन्ने सबैको अधिकार सुरक्षित छ तर जनमतबाट नेतृत्व छान्ने अधिकार प्रतिनिधिहरूमा हुन्छ ।’