२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रसूति गृहमा ६१औँ स्वस्थ शिशु प्रतिस्पर्धा हुँदै

अ+ अ-

काठमाडौँ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आयोजनामा स्वस्थ शिशु प्रतिस्पर्धा हुने भएको छ । अस्पतालले बुधबार (भोलि) स्वस्थ शिशु प्रतिस्पर्धा गर्न लागेको हो ।

प्रतिस्पर्धामा भाग लिने शिशुहरू प्रसूति गृह थापाथलीमै जन्मेको हुनु पर्नेछ । यो अस्पतालले गर्दै आएको स्वस्थ शिशु प्रतिस्पर्धाको ६१ औँ संस्करण हो । यद्यपि विजेताको पुरस्कार भने ३१ साउनका (कृष्ण जन्माष्टमी) दिन मनाइने अस्पतालको वार्षिकोत्सव समारोहमा वितरण गरिने छ ।

स्वस्थ शिशु प्रतिस्पर्धा समिति संयोजक डा. कल्पना सुवेदीका अनुसार तीन समूहमा प्रतिस्पर्धा गरिने शिशुलाई हरेक समूहबाट पहिलो, दोस्रो, तेस्रो र सान्त्वना गरी चार जनाका दरले कुल १२ जनालाई पुरस्कृत गरिनेछ ।

शिशुलाई जन्मेदेखि ४५ दिनभित्र, ४५ दिनदेखि ६ महिनाभित्र र ६ महिनादेखि १ वर्षभित्र गरी तीन समूहमा विभाजन गरिने छ ।

शिशुको तौल, उचाइ, उमेरअनुसारको मानसिक तथा शारीरिक विकास, सरसफाइ र समग्र स्वास्थ्य अवस्था मूल्यांकन हुने आयोजकले बताएका छन् ।

बच्चासँगै आमाको भूमिका पनि मूल्यांकन गरिनेछ ।

जस्तै गर्भावस्थामा कम्तीमा आठ पटक एएनसी (गर्भ जाँच) गराएको छ कि छैन ?फ्यामिली प्लानिङको जानकारी छ कि छैन ? पोषणको अवस्था कस्तो छ ? बच्चालाई के खुवाउने भन्ने जानकारी र स्तनपानको अभ्यासबारे ज्ञान छ कि छैन रु भन्ने कुरा पनि मूल्यांकनमा समावेश हुनेछन् ।

प्रत्येक समूहका शिशुको मूल्यांकन पिडियाट्रिसियन (बालरोग विशेषज्ञ), गाइनोकोलोजिस्ट (प्रसूति विशेषज्ञ), नर्स र सपोर्ट स्टाफको संयुक्त निर्णायक टोलीले गर्नेछ ।

प्रतिस्पर्धामा भाग लिन नाम दर्ता गराउन भन्दै अस्पतालले गत १० असार देखि ८ साउनसम्मको अवधि तोकेको थियो । यसअवधिमा १०४ शिशुको नाम दर्ता भएको छ ।