२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमि विधेयकमाथि संसदीय समितिमा छलफल सुरु

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ माथि छलफल सुरु भएको छ ।

आजको बैठकमा सो विधेयकमाथि संशोधन दर्ता गराएका सांसदसँग छलफल भएको हो ।

प्रतिनिधि सभाले यही साउन ९ गते विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाएको थियो । सरकारले भूमि ऐन, २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०१९ र वन ऐन, २०७६ का विभिन्न बुँदामा संशोधन गर्ने गरी सो विधेयक प्रस्तुत गरेको हो । 

गत वैशाख २३ गते प्रतिनिधि सभामा दर्ता भएको उक्त विधेयकमा गत जेठ ६ गते सामान्य छलफल भएको थियो ।

विधेयकका सन्दर्भमा विभिन्न कोणबाट पक्ष र विपक्षमा टिप्पणी भइरहेको छ । यसै सन्दर्भमा समितिले आजदेखि छलफल सुरु गरेको हो । आजको बैठकमा विधेयकमाथि अब नियमितजसो छलफल गरी सहमति गरिने जानकारी दिइयो । 

बैठकमा सांसदहरू हितराज पाण्डे, उपेन्द्र यादव, विमला सुवेदी, दुर्गा राईलगायतले विधेयकका विभिन्न दफाबारे जिज्ञासा राखेका थिए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष यादवले प्रस्तावित विधेयकले संविधानको मर्मलाई ख्याल तथा प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारलाई ख्याल नगरेको बताए । उनले विधेयकले केही व्यवसायीलाई मात्रै फाइदा हुने र भूमिहीनले जग्गा नपाउने तर्क गरे ।  

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक पाण्डेले राष्ट्रिय निकुञ्जको जग्गा पुनः नक्सांकनलगायत विषयमा आफ्नो जिज्ञासा राखेका थिए । मध्यवर्ती क्षेत्रका वन-जंगल व्यवस्थित गर्नुपर्नेमा सरकारले फँडानी गर्ने गरी कानुन बनाउन लागेको त होइन भन्ने आशंक पैदा भएको भन्दै उनले टिप्पणी गरे । 

यस्तै, सांसद सुवेदीले विधेयकमा समावेश सूचित आदेश, तोकिएबमोजिम हुनेछ, निर्देशिकाअनुसार, कार्यविधिअनुसार भन्नेजस्ता शब्द हटाउनुपर्ने धारणा राखे । उनले यस्ता शब्दले कानुनको दुरुपयोग हुन सक्ने तर्क गरे ।