२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री खड्काले भने-‘जनचाहनाअनुसार विद्युत् विकासको लक्ष्य प्राप्तिमा लागौँ’ 

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनचाहनाअनुसार विद्युत् विकासको लक्ष्य प्राप्तिमा लाग्नुपर्ने बताएका छन् ।

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सबै मिलेर उपलब्ध स्रोतको उपयोग गर्न लाग्नुपर्ने बताएका हुन् ।

मन्त्री खड्काले विविध चुनौती भए पनि सबै मिलेर विद्युत् क्षेत्रको विकासमार्फत मुलुकको विकासमा जुट्नुपर्नेमा जोड दिए। उनले छिमेकी मुलुक भारत र चीनमा तीव्र विकास भएको भन्दै हामीले विकासलाई पछ्याउँदै काम गर्नुपर्ने बताए । 

मन्त्री मन्त्री खड्काले द्वन्द्वको समयमा नेपालका दूरदराजमा विद्युतीकरण गर्न सामुदायिक विद्युत् उपभोक्ता महासंघले खेलेको भूमिका सराहनीय रहेको भन्दै समुदायबाट सञ्चालन गर्न नसकिएका सामुदायिक विद्युत् योजनालाई  प्राधिकरणलाई जिम्मेवारी लगाउँदै जानुपर्ने धारणा राखे। 

पूर्वऊर्जामन्त्री दीपक ज्ञवाली, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायतले ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्न सामुदायिक विद्युत् उपभोक्ता महासंघले महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए ।

महासंघका अध्यक्ष नारायण ज्ञवालीले देशभरका तीन सयभन्दा बढी सामुदायिक संस्थाहरूमार्फत महासंघले करिब छ लाख घरमा विद्युत्को पहुँच विस्तार गरेको जानकारी दिए । करिब रु. दुई अर्ब समुदायबाट संकलन गरी विद्युत् संरचना निर्माणमा महासंघले काम गरेको उनको भनाइ थियो ।

कार्यक्रममा सामुदायिक विद्युतीकरणमार्फत विशेष योगदान पुर्‍याएको भन्दै विभिन्न संस्था र सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।