काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूको पवित्र स्थल हरिद्वारमा भागदौड मच्चिँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको मनसा देवी मन्दिरमा आइतबार भएको घटनाको मुख्यमन्त्री पुष्करसिंह धामीले पुष्टि गरेका छन् ।
भाग दौडको विस्तृत विवरण आई नसकेको प्रहरीले जनाएको छ ।







