२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीद्वारा गुरुकुलका बटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककै जेठो विद्यालय मानिएको मटिहानी-७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल)का बटुकको स्वास्थ्योपचारका लागि रु पाँच लाखको अक्षयकोष घोषणा गरेका छन्। 

आज मटिहानीमा गुरुकुल अवलोकन गरेका प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।

गुरुकुलले प्राचीन भाषा र संस्कृतिको जगेर्नामा योगदान दिनुपर्ने प्रधानमन्त्रीले बताए । बटुकहरूको स्वास्थ्योपचारका लागि अक्षयकोष खडा गर्न सल्लाह दिँदै प्रधानमन्त्रीले रु. पाँच लाख सहयोगको घोषणा गरेको प्रधानाध्यापक ईश्वरी पौडेलले बताए ।

यो गुरुकुल विसं १७७५ मा स्थापना भएको मानिएको छ । यस गुरुकुलमा बाल गुरु षडाननले पनि शिक्षा लिनुभएको अभिलेखबाट देखिन्छ । पहिले ब्राह्मणहरूका लागि मात्र पठनपाठन गरिने यस विद्यालयमा अब सबै जातजातिका विद्यार्थी पढ्न पाउँछन् ।

प्रधानमन्त्री ओली गुरुकुल पुग्नुहुँदा प्रधानाध्यापक ईश्वरी पौडेलसहित बटुकले स्वागत गरेका थिए । बटुकहरूले रुद्राभिषेक पाठ गर्दै प्रधानमन्त्रीको स्वस्ति वाचन गरेका थिए ।