२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कार्यालय परिसरमा सरसफाइ : डेंगी नियन्त्रणका लागि संघीय निर्णयअनुसार अभियान सुरु

अ+ अ-

काठमाडौँ । डेंगी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले सुरु गरेको सरसफाइ अभियान अन्तर्गत शुक्रबार प्रधानमन्त्री कार्यालय परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

मुख्यसचिव एकनारायण अर्यालसमेतको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकको निर्णयअनुसार मुख्यसचिव अर्यालसहित प्रधानमन्त्री कार्यालयका सचिव, अन्य उच्च अधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

सरसफाइ अभियान डेंगु संक्रमण फैलाउने लामखुट्टेको वासस्थान खोजी र लार्भा नष्ट गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। अभियानअन्तर्गत श्रावण, भदौ र असोज महिनाभर प्रत्येक शुक्रबार बिहान ९:३० बजे देखि संघीय मन्त्रालय, निकाय, प्रदेश सरकार र स्थानीय तहका कार्यालयमा सरसफाइ तथा जनचेतनामूलक प्रचार–प्रसार कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको थियो । 

सरकारले उक्त अभियानलाई राष्ट्रिय स्तरमै प्रभावकारी ढंगले सञ्चालन गर्दै डेंगुको संक्रमणको चक्र तोड्ने लक्ष्य राखेको छ। स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा सरोकारवाला निकाय तथा कार्यालयहरूले आ–आफ्नो जिम्मेवारीका क्षेत्रमा सरसफाइ कार्यमा सक्रियता देखाउनुपर्नेमा जोड दिइएको छ।

सरसफाइ अभियानसँगै जनचेतनामूलक कार्यक्रम, पोस्टर, सूचना, सामाजिक सञ्जालमार्फत सचेतना फैलाउने कार्य पनि सँगसँगै गरिने जनाइएको छ । सरकारले सार्वजनिक, निजी, शैक्षिक, स्वास्थ्य र अन्य कार्यालयहरूमा समेत स्वच्छता कायम गर्न सबैलाई आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरेको छ।

सरसफाइ कार्यक्रम साप्ताहिक रूपमा नियमित सञ्चालन हुने भएकाले लामखुट्टेको लार्भा उत्पादन हुने सम्भावित स्थानहरूको पहिचान गरी सफा राख्न कार्यालयहरूलाई निर्देशन दिइएको छ।

मुख्यसचिव अर्यालले सबै कर्मचारी, सेवाग्राही, स्थानीयवासी तथा सरोकारवालालाई यस अभियानमा सक्रिय सहभागिताका लागि आह्वान गरेका छन् ।