काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज करिब ४ अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक ३.९७ अंकले बढेर २९८२.८५ विन्दुमा पुगेको छ।
प्रि-ओपन समयमा ७५ वटा स्टकको २८ हजार ८३१ कित्ता सेयर २ करोड २५ लाख ६२ हजार ३३१ रुपैयाँमा खरिदबिक्री भएका छन् । कारोबारमा आएकामध्ये ४९ स्टक्सको मूल्य बढ्दा २३ वटाको घटेको छ। बाँकी ३ स्टकको मूल्य यो समयमा स्थिर रहेको छ ।







